काठमाडौँ । चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि नेपालमा पनि चिन्ता बढ्न थालेको छ । अरुबेला खासै मास्क नलगाउने जमात पनि हिजोआज मास्क लगाएर हिंड्न थालेको छ । कार्यालय, स्कुल,कलेज, सार्वजनिक सवारी वा अन्य भीडभाड हुने ठाउँमा मास्क लगाएर हिंड्न थालेका छन्।
काठमाडौं उपत्यकाका कतिपय स्कुलले त कोरोना भाइरसबाट सजग हुन विद्यार्थी र शिक्षक/शिक्षिकालाई मास्क अनिवार्य गरेको छ। यस्तै बुधबारबाट भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलले पनि आफ्ना विद्यार्थीलाई मास्क अनिवार्य गरेको छ। मास्कको अभाव भएपछि नेपाल सरकारले चीन सरकारलाई एक लाख मास्क पठाउने निर्णय गरेको छ ।
कान्तिपुरबाट साभार