काेराेनाका कारण सर्‍याे अ‌ाईपीएल मिति

0
189

काठमाडौं । कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियाेगिताको मिति सारिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोरोनाको संक्रमण फैलँदै गएपछि आईपीएल मिति सारिएको बताएको छ । आईपीएलको १३ औं संस्करण मार्च २९ देखि सुरु हुने तय थियो ।

नयाँ मिति अनुसार अब अप्रिल १५ मा सुरु हुनेछ ।

भारतले बिहीबार मात्र भारतले अप्रिल १५ सम्म विदेशी नागरिकलाई अ‌ाफ्‍नाे देश प्रवेशमा रोक लगाएको थियो । जसका कारण आईपीएलमा सहभागी हुन आउने विदेशी खेलाडिलाई अप्ठ्यारो पर्ने थियाे ।

सरकारकाे सुझाव अनुसार नै प्रतियोगिताको मिति सारिएको बीसीसीआईले जनाएको छ । याे स‌ंस्‍करणमा अ‌ाठ टाेली सहभागी हुने तय भइसकेकाे छ ।

कोरोना त्रासका कारण विश्व खेल जगतै प्रभावित भएको फुटबल, क्रिकेट लगायत खेल स्थगित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here