nanibabuonline internet

लकडाउन र त्यसयताको समयमा बालबालिकाको औपचारिक शिक्षाका लागि इन्टरनेट बरदान सरह सावित भयो । अझैसम्म पनि अधिकांश विद्यार्थी अनलाइनबाटै कक्षा लिइरहेका छन् । तर सँगसँगै पछिल्ला वर्षहरूमा बालबालिकाले इन्टरनेटमा समय विताउने क्रम बढ्दै गइरहेको छ । स्मार्टफोन, टेलिभिजन, भिडियोगेम युट्युव र अन्य सोसल मिडियामा उनीहरूले समय दिने क्रम बढेसँगै बालबालिकाको समय घरपरिवबार, विद्यालय र समुदायतर्फ स्वतः घट्न गएको छ । नयाँ पुस्ता आफू बाँचिरहेको समाजमा भन्दा पनि काल्पनिक दुनियाँ (भर्चुअल रियलिटी) मा ज्यादा रम्न थालेका छन् । बिहान निन्द्रबाट व्युझने वित्तिकै होस् या स्कुलबाट फकर्ना साथ, उनीहरूको पहिलो आवश्यकता बनेको छ– स्मार्टफोन वा ल्यापटप । पाएनन् भने उनीहरू रुने, कराउने, झगडा गर्ने गर्न थालिहाल्छन् ।

त्यसो त गेम खेलेर र अनलाईन बसेर कतिले आफ्नो क्षमता अझ बढाएका पनि छन् । तर धेरैले पारिवारिक वातावरण र पढाई दुबै बिगारेका छन् । घन्टौंसम्म टेलिभिजन, कम्प्युटर वा स्मार्टफोनको स्क्रिन हेर्दा आँखा कमजोर हुन्छ । एपमा होस् वा अनलाईनमा, भिडियो गेममा निरन्तर झुण्डिरहने बानीले मस्तिष्क पूरै थाक्छ । अनि पढाइ र दैनिकीमा असर पर्न जान्छ । अभिभावकले पर्याप्त ध्यान दिन नसक्ने हो भने यसले बालबालिकाको मनोवैज्ञानिक र सामाजिक जीवनमै नकारात्मक असर पर्न सक्छ । तर त्यसोभन्दैमा उनीहरूलाई इन्टरनेटबाट टाढा राख्न संभव पनि छैन । त्यसैले इन्टरनेट प्रयोग गर्दा हुन सक्ने यस्ता जोखिमबाट बच्न यस्ता सावधानी अपनाउन सकिन्छ–

  • बालबालिकाको इन्टरनेटमा बस्ने समयलाई सकेसम्म कम गराउने ।
  • किताब वा कापि कलमबाटै पढ्न लेख्न सकिने पाठका लागि इलेक्ट्रोनिक डिभाइसहरू प्रयोग नगर्ने ।
  • कुनै पनि एप वा फेसबुक जस्ता सोसल मिडिया प्रयोग गर्दा पहिले आफ्ना अभिभावकलाई जानकारी दिने र चलाउन योग्य छन् भने तरिका सिकेर मात्र चलाउने ।
  • अनलाइनमा हुँदा सकेसम्म शैक्षिक सामग्री पाइने साइटहरु मात्र भिजिट गर्ने ।
  • कसैले आफूलाई थाहा नभएको वेभसाईट भिजट गर्न भन्यो भने त्यसबारे पहिले अभिभावक र शिक्षकको सल्लाह लिने ।
  • सकेसम्म एक्लै हुँदा इन्टरनेट प्रयोग नगर्ने ।
  • परिवारका सदस्यहरू भएको ठाउँमा बसेर मात्र इन्टरनेट प्रयोग गर्ने ।
  • च्याट वा कुनै माध्यमबाट नचिनेको व्यक्तिले आफ्नो वा परिबारको बारेमा कुनै जानकारी मागेमा नदिने ।
  • फेसबुक, ट्विटर वा अरु सोसल मिडियामा नचिनेको व्यक्तिले फ्रेन्ड रिक्वेस्ट पठायो भने हत्तपत्त एसेप्ट नगर्ने ।
  • अनलाइनमा मात्र भेटेको तर सोझै नचिनेको व्यक्तिले एक्लै भेट्न बोलायो भने नजाने । बरु यसबारे अभिभावकलाई जानकारी गराउने ।
  • आफ्नो पासवर्ड अभिभावक बाहेक अरु कसैलाई नदिने इन्टरनेटमा कुनै फोटो राख्दा अभिभावकको अनुमति लिएर मात्र राख्ने ।
नानीबाबुअनलाईन
थप जानकारी