युनिट टेस्टमा राम्रै अंक आउँछ तर त्यही कुरा अन्तिम परीक्षामा विर्सिइसक्छ ? यस्तो समस्या स्कुले उमेरका अधिकांश विद्यार्थीमा हुने गर्छ । यसो हुनुको मुख्य कारण हो– लामो समयसम्म संझन सक्ने क्षमताको कमी ।
आजभन्दा करिब ४० वर्षअघि सन् १९८० को दशकमा प्रख्यात मनोवैज्ञानिक हर्मन एबिङहाउसले बिर्सिने बानीबारे महत्वपूर्ण तथ्यहरू पत्ता लगाएका थिए । उनका अनुसार यदि संझन निकै प्रयास गरिएको छैन भने कुनै पनि पाठ–
– ५६ प्रतिशत विद्यार्थीले पढेको एक घण्टाभित्रै विर्सिसक्छन् ।
– ६६ प्रतिशतले एक दिनभित्रै भुल्छन् ।
– ७५ प्रतिशतले ६ दिनभित्र भुलिसक्छन् ।

आफ्नो यो खोजलाई एबिङहाउसले ‘द फर्गेटिङ् कर्भ’ (विस्मृतिको वक्ररेखा) नाम दिएका थिए । मानिसहरूले कसरी बिर्सन्छन् भन्ने कुरालाई बुझाउन आजका मनोबैज्ञानिकहरू समेत यसैको सहारा लिने गर्छन् ।
तर यसको मतलब पढेका कुराहरू लामो समयसम्म संझनै नसकिने भन्ने चाहिँ होइन । त्यसका केही तौर तरिकाहरू हुन्छन् । कुनै पनि कुरालाई लामाे समयसम्म याद गर्नका लागि केही अभ्यासहरू गर्न सकिन्छ । तीमध्ये केही तरिका हुन्–

  • मस्तिष्क सक्रिय राख्ने र कल्पनाशील रहने ।
  • मस्तिष्कलाई फाइदा हुने खानेकुराहरू खाने ।
  • पढ्ने, खाने, खेल्ने, सुत्ने र मनोरञ्जन गर्ने समयको तालमेल मिलाउने ।
  • ब्रेन एक्ससाईज हुने खालका क्विज, गेम र पज्जलमा भाग लिने ।
  • पढेको कुरामा चासो दिने र सक्रिय पाठक बन्ने ।
  • शब्ददृश्यका माध्यमबाट पढ्ने र पढ्दा नयाँपन अपनाउने ।
  • समूहमा पढ्ने र समस्याहरू छलफल विधिबाट हल गर्ने ।
  • नरिसाउने, तनावमा नरहने र सकारात्मक सोच राख्ने ।
  • पढ्न बस्ने ठाउँ सँधै सफा र शान्त बनाउने ।

यी सबै विधिहरू अपनाउनका लागि तपाईंलाई आफ्ना अभिभावको मद्दत पनि चाहिन सक्छ । अभिभावकहरूले पनि आफ्ना बालबालिकाको नतिजा राम्रो आयो कि आएन भन्नेतर्फ मात्र ध्यान नदिई यी कुराहरूमा समेत ख्याल राख्न सक्नु पर्छ ।