ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवस्थित ब्लुबर्ड स्कुलमा बुधबार साहित्यिक महोत्सव आयोजना गरिएको छ । महोत्सवमा विद्यार्थीहरूले विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । महोत्सवमा पुस्तक मेला र प्रदर्शनीको पनि आयोजना गरिएको थियो । महोत्सवमा विद्यार्थीहरूले विभिन्न नाटक मञ्चन गर्नुका साथै नृत्यहरूसमेत प्रस्तुत गरेका थिए । महोत्सवका सहभागीहरूलाई लेखक एवं उत्प्रेरक वक्ता श्रीश भण्डारीले उत्प्रेरणात्मक मन्तव्य दिएका थिए । “विद्यार्थीले हामीले भनेका कुरा हैन, गरेका कामको अनुशरण गर्छन्,” उनले भने, “त्यसैले उनीहरूलाई शब्दले भन्दा पनि व्यवहारले सिकाउने प्रयत्न गरौं ।” उक्त अवसरमा भण्डारीको पुस्तक अठोटमा हस्ताक्षर कार्यक्रम पनि राखिएको थियो । स्कुलका प्रिन्सिपल चन्द्रशेखर सापकोटाले विद्यार्थीहरूको ज्ञानको दायरा विस्तार गर्नका लागि यसप्रकारको साहित्यक महोत्सव आयोजना गरिएको बताए ।

नानीबाबुअनलाईन
थप जानकारी