बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीन विकास आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनु पर्दछ ।

खेलको माध्यमबाट बालबालिकाको भाषा, सञ्चार, कल्पना र सोचाइ; शारीरिक सन्तुलन, समन्वय र सक्रियता; समस्या समाधान र निर्णय गर्ने; स्वःप्रोत्साहन, स्वःअनुशासन, स्वःव्यवस्थापन; सिकाइ अनुभव र आत्मविश्वास बढ्ने ; समय व्यवस्थापन, जिम्मेवारीवहन; सफलता र असफतामा समायोजन जस्ता सीपको विकास हुन्छ ।

एकदेखि दुई वर्षका शिशुसँग गरीने खेल क्रियाकलापः

नरम बल फाल्ने र समाउन लगाउनु पर्दछ ।
तोकिएको सामान लिएर आफूतिर बोलाउनु पर्दछ ।
ब्लक (काठका टुक्रा), डब्बा आदि एक माथि अर्को राख्न लगाउनु पर्दछ ।
आफूसँग भर्‍याङ्ग, खुड्किला चढ्न र तल झर्न सहयोग गर्नु पर्दछ ।
चित्रकथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नु पर्दछ ।
हिँड्न र दगुर्न साथ दिनु पर्दछ ।

चारदेखि पाँच वर्ष उमेरका बालबालिकासँग खेल क्रियाकलाप:

चार वर्षको उमेरमा बालबालिका २ वा ३ जनाको सानो समूहमा खेल्न थाल्दछन् । बालबालिकाह आफैँ वा कहिलेकाहीँ जोडीमा खेल खेल्ने गर्दछन् ।
यस उमेरका बालबालिकाले घरेलु क्रियाकलाप खेलको माध्यमबाट सघाउन थाल्छन् र सिकाइ अनुभव गर्दछन् । उनीहरूले गर्न सक्ने क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।
खेलौना र सिकाइ सामग्रीको प्रयोग गरी खेलाउनाले उनीहरूको भाषा, गणित, विज्ञान, नैतिक ज्ञान र सिर्जना/कला, को ज्ञान र सीप विकास हुन्छ ।