नाइटिङ्गेल बिद्यालय कक्षा ९ मा अध्यनरतमा १२ बर्षीय बाल खेलाडी आर्यन जंग क्षेत्रि नेपाली क्रिकेट खेलप्रेमीहरुको लागि नौलो नाम होइन । २०६४ सालमा ललितपुर धोबिघाटमा जन्मेका उनि बिगत ५ बर्ष देखि क्रिकेट खेलमा सक्रिय छन् । इन्टर स्कुल प्रतियोगिता देखि राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिश्प्रधा गरिसकेका उनि भबिष्यका एक उज्ज्वल नक्षत्रका रुपमा दिन प्रतिदिन उदाउदै गएका छन् । काठमाडौँ क्रिकेट ट्रेनीङ सेन्टरमा क्रिकेट प्रशिक्षण लिईरहेका आर्यन अल-राउण्डर खेलाडीको रुपमा परिचित छन ।

आमा रन्जना खड्काको प्रेरणाले गर्दा सानै उमेर देखि नेपाली क्रिकेट खेललाइ नयाँ आयाम थप्न सफल बाल खेलाडी आर्यन जंग छेत्री पढाइमा समेत अब्बल छन् । फुर्सदको बेला गितार बजाउन मन पराउने उनि भबिष्यमा राष्ट्रको नाम उच्च बनाउन चाहन्छन । विभिन्न खेलमा म्यान अफ द म्याचको उपाधि समेत जित्न सफल आर्यन जंग क्षेत्रिले धेरै खेलहरुमा आफ्नो टिमलाइ जिताउन सफल भएका छन् ।नेपालमा मात्र नभएर इण्डियामा समेत गएर नेपाली टिमको नाम उच्च बनाउन सफल उनले बेस्ट प्ल्येर, म्यान अफ द म्याच समेत जित्न सफल भएका थिए ।