Home अविभावक

अविभावक

बालबालिका लागि उमेर अनुसारको खेल यसरी खेलाउन सकिन्छ

बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीन विकास आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनु पर्दछ । खेलको माध्यमबाट बालबालिकाको भाषा, सञ्चार, कल्पना र सोचाइ; शारीरिक सन्तुलन, समन्वय...

बालबालिका चकचके हुनुमा ‘अभिभावकको भूमिका हुनसक्छ’

अभिभावकहरूले आफ्ना बालबालिका धेरै चकचके भएको, पढाइमा ध्यान नदिने, भनेको नमान्ने गरेको भन्दै चिन्ता गरिरहँदा विज्ञहरूले चाहिँ त्यसमा अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएको हुनसक्ने बताएका छन्।हालसालै एउटा विद्यालयले एकजना बालकलाई धेरै चकचके भएको भन्दै आफ्नो विद्यालयमा पढाउन नसक्ने बताएको थियो। अभिभावक महासङ्घ, अभिभावक र विद्यालय प्रशासनले उक्त विषय सल्टाए पनि बालबालिकाको चकचकेपनाले धेरै अभिभावकलाई चिन्तित बनाएको देखिन्छ।बालबालिकासम्बन्धी डाक्टर...

बालबालिका हराउने क्रम बढ्दो

काठमाडौं । नेपालमा बालबालिका हराउने सङ्ख्यामा वृद्धि हुँदै भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा १ हजार ९२ जनाभन्दा बढी बालबालिका हराएका छन् । बालक र बालिकामध्ये बालिका बढी बेपत्ता भएको पाइएको छ । आर्थिक वर्ष ०७४/०७५ मा २ हजार ३ सय ३० बालबालिका हराएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ । त्यस्तै ०७५÷०७६ मा हराउने बालबालिकाको सङ्ख्यामा वृद्धि...

बालबालिकामा देखिने पेटका समस्या : कारण के हुन् र कसरी जोगिने ?

काठमाडौँ । धेरै बालबालिकामा खाना खाने तरिका नमिलेका कारण समस्या देखिने गरेको छ। धेरैले पेटसम्बन्धी समस्या लिएर आउने गर्छन्। हामीले ठूलो उमेरको बालबालिकामा अल्सरलगायतका समस्या हुन्छन् भन्ने थाहा पाएका छौं तर अल्सरको संक्रमण सानै उमेरका बालबालिकामा पनि हुने देखिएको छ। बच्चाले जव बाहिरको खाना खान थाल्छ, कतिपय समस्या त्यसपछिको उमेरमा देखा पर्छ। त्यसले पेटमा घाउ हुने, पेटमा रहेको अम्लिय पदार्थ...

बालमैत्री छन् बालपत्रिका ?

काठमाडौंं । आर्थिक संकटबीच छापिइरहेका बालपत्रिकाको खास अवस्था कस्तो छ ? यहाँ उपलब्ध बालपत्रिका बालमैत्री छन् ? बालपत्रिकाले कस्ता सामग्री प्रकाशन गरिरहेका छन् ? बालबालिकाका लागि प्रकाशित बालपत्रिकाबारे  रिपोर्ट : प्रविधि र पुस्तक हजुरबा–हजुरआमाको काखमा बसेर पुराना लोककथा सुन्दै हुर्कनुपर्ने बालबालिका अहिले ‘मोटु–पत्लु’ हेरेरै दिन बिताउँछन् । नेपालमा १४ वर्षमुनिका बालबालिकाको संख्या करिब ९० लाख छ । समाजको करिब एकतिहाइ हिस्सा ओगटेको बालबालिकाका लागि...