आमा बाबा

हुन्छु म त दङ्ग
आमा बाबा सङ्ग
घरका मेरा साथी
राख्छु धेरै माथी ।

हाँस्दा संगै हाँस्ने
रुँदा फकाउने
माया गर्ने खुबै
जाती कति दुबै ।

भनेको नि मान्छु
ज्ञानी सधै बन्छु
मन भरी माया
यिन्कै हु म छाँया ।

म कस्तो बदमास !

 

म सानो हुँदा बदमास थिएँ । हुन त अहिले पनि खासै ज्ञानी होईन । तर सानोमा धेरै नै बदमास थिएँ । तिनै बदमासीमध्ये एउटा रमाइलो घटना सुनाउँछु है ।

तपाईंहरूलाई अचम्म लाग्न सक्छ । म सानो हुँदा अहिलेजस्तो मोबाइल फोन थिएन । न त टिभी नै । हामी घर बाहिर साथीहरू जम्मा भएर बिभिन्न खेल खेल्थ्यौं । लुकामारी, भाडाकुटी, पुतली, छोइडुम आदि । खाना खान आउ भनेर धेरै पटक बोलएपछि मात्रै हामी एक अर्कालाई छोडेर घरभित्र पस्थ्यौं । अनि छिटो छिटो खाएर तुरुन्तै साथीहरूसित खेल्न दगुरिहाल्थ्यौं ।

मेरो मुमा बिद्यालयमा शिक्षिका हुनुहुन्थ्यो । बुवा विद्युत् प्राधिकारणमा ईन्जिनियर । मेरा आफ्नै दाजुभाइ वा दिदीबहिनी थिएनन् । मुमा बुवा दुबै काममा जानु पर्ने भएकाले मलाई हेरचाह गर्न घरमा एकजना दिदी हुनुहुन्थ्यो । एक दिन मुमा बुवा काममा जानु भएको थियो । त्यो दिन किन हो कुन्नि, म स्कुल गएकी थिइन । सायद सन्चो थिएन कि । घरमा मलाई हेर्ने दिदी काममा व्यस्त हुनुहुन्थ्यो । म मुमा बुवाको कोठामा केही खोज्दै गएँ । भित्ताको एउटा किलामा आमाको रातो ब्याग झुन्डिएको रहेछ । म औधी खुशी भएँ । किनभने त्यो ब्यागमा आमाले पैसा राख्नुहुन्थ्यो ।

पैसा चोर्नु नराम्रो बानी हो । यो कुरा मलाई थाहा थियो । त्यसअघि मैले कहिल्यै पैसा चोरेको पनि थिइन । तर त्यो दिन रातो ब्यागले मलाई बोलाईरहे जस्तै लाग्यो । तल उभिएर मैले ब्यागलाई हेरें । ब्याग अलि माथी थियो । म सानी । एक–दुईपल्ट उफ्रेर ब्याग तान्ने कोसिस गरें । तर मेरो हात ब्यागसम्म पुग्दै पुगेन । मैले एउटा उपाय सोचें । पहिले गएर दिदी कता हुनुहुन्छ हेरें । उहाँ भान्साको काममै व्यस्त हुनुहुन्थ्यो । म ढुक्क भएर मुमा बुवाको कोठामा आएँ । ढोका बन्द गरें । त्यसपछि नजिकैको एउटा मुडा बोकेर ब्याग झुन्डिएको किलाभन्दा तल राखें । अनि मुडामा चडेर ब्यागलाई बल्लतल्ल झारें ।

मेरो मुटु ढुक् ढुक् गरिरहेको थियो । यति जोरसित ढुक् ढुक् गरेको थियो कि अर्को कोठामा दिदीले समेत सुन्नु हुन्छ जस्तै लाग्यो । हात पनि कामिरहेका थिए । मैले ब्याग खोलेर हेरें । ओहो ! त्यहाँ त कति धेरै पैसा ! म त झन्डै खुसीले मुडाबाट खसेको ! सबै त मैले चिन्नै सकिन । गन्न पनि आएन । तर त्यो सबैमा एउटा पाँच रुपैँयाको नोट पनि थियो ।

हुन त अहिले तपाईंहरूलाई लाग्ला– पाँच रुपैँया मै तेत्रो खुसी ? तर यो अहिलेको कुरा होईन नि । त्यो बेलाको कुरा जतिबेला टिभी र मोबाइल थिएन । त्यो बेला पाँच रुपैँया भनेको अहिलेको पाँच सय जस्तै थियो । अनि म सानो मान्छेले पाँच सय रुपैयाँ पाउँदा भएन त खुसी ? तर चोरीको पैसा भएकाले मनमा खुसी मात्र होइन डर पनि थियो । मैले काम्दै पैसा खल्तीमा लुकाएँ । अनि कोठाबाट निस्किहालें ।

पैसा त चोरें तर अब तेत्रो पैसाले गर्ने के ? दिदीलाई भन्न भएन । म घर बाहिर निस्कें । मेरो हात खल्ती भित्रै थियो । खल्ती भित्रको पैसा मैले च्याप्पै समातेकी थिएँ । कतै हराइहाल्ला कि भनेर । यता उता हेरें । अलि परको घर बाहिर मेरो साथी भावना रहिछिन् । उ पनि स्कुल नगएकी । मैले उनलाई बोलाएर भने, ‘चकलेट खान्छौ ? मुमाले पैसा दिनु भएको छ । जाउँ किन्न ।’

अब चकलेटपाउँदा नखाने को होला ? उनले ‘हुन्छ’ भनिन् ।

हामी नजिकैको पसलमा गयौं ।

ओहो ! पसलमा त कति धेरै चकलेट । म त कुन खाउँ कुन खाउँ भयो ।

मैले सोचें– पाँच रुपैयाँको एउटा चिज किन्नु भन्दा एक एक रुपैयाँको धेरै चकलेट किन्नु फाइदा हुन्छ ।

तपाईंहरूलाई लाग्यो होला– एक रुपैयाँ ? यस्तो पनि हुन्छ ? तर त्यो बेला त्यस्तै थियो । एक रुपैयाँको आधा एक मोहर पनि हुन्थ्यो । एक मोहोरको पनि आधा एक सुका हुन्थ्यो । मैले एक एक मोहोरको गरेर ओहो नि कति धेरै चकलेट किनें । त्यो बेला पसलले झोला दिंदैनथे । हामीले पनि झोला लगेका थिएनौ । त्यसैले मैले आफ्नो फ्रकमै सबै चकलेट लिएँ । अनि खुसी हुँदै हामी त्यहाँबाट घरतिर लाग्यौं ।

घर फर्किंदै गर्दा बाटोमा टाढैबाट मैले मुमालाई हामीतिर आउँदै गरेको देखें । ओहो ! मेरो त मुटु ढुक् ढुक् गर्न लाग्यो । म धेरै डराएँ । तेतिका चकलेट देखेर पक्कै पनि सोध्नुहुन्छ होला कताबाट ल्याएको भनेर । अनि मैले के भन्ने ? मेरो बदमास दिमाग फटाफट चल्यो । मैले तत्काल सबै चकलेट भावनालाई दिएँ र भने, ‘अहिले मेरो मुमाले सोद्ध्दा यो तिमीले किनेको भन्नू है । सबै चकलेट अहिले तिमी नै घर लैजाऊ । पछि म लिन आउँछु । तर याद राख मैले सबै चकलेट गनेको छु । एउटा पनि नखानू ।’

भावनाले सबै चकलेट आफ्नो फ्रकमा राखिन् । म ढुक्क भएर हाँस्दै मुमातिर गएँ ।

‘आन्टी नमस्ते’, भावनाले मेरो मुमालाई देख्ने बित्तिकै भनिन् । उनी पनि अलि अलि डरएकै थिइन् ।

‘नमस्ते’ मेरो मुमाले भन्नु भयो । उहाँले अरु कुरा सोध्नु अघि नै मैले छिटो छिटो भने, ‘भावनाले कति धेरै चकलेट किनेको आज । म उसित पसलसम्म साथी गएको । हुन त मैले उसलाई यति धेरै चकलेट खान हुन्न, दाँतमा किरा लाग्छ भनेको हो, तर उसले माने पो ।’

भावनाले मेरो कुरा अचम्म मानेर सुनिन् । मुमाले मेरो कुरामा कुनै प्रतिक्रिया जनाउनु भएन । हामी सँगै घर फर्कियौं ।

म मनमनै डराइरहेकी थिएँ । एउटा मनले भन्यो, ‘मेरो कुरा मुमाले पत्याउनु भयो । मेरो बदमासी थाहा पाउनु भएन । अर्कोतिर सोच्थें– पत्याउनु भएको भए त केही बोल्नु पर्ने । अनुहार हेर्दा त पत्याएजस्तो पटक्कै लागेन । बाटोभरि मन तुलबुल तुलबुल भइरह¥यो ।

घर पुगेपछि मुमाले भावनालाई भन्नुभयो, ‘ल अब घर जाउ है ।’ उनी घरतिर लागिन् । त्यसपछि मुमाले मलाई भान्सा कोठामा लैजानुभयो । पाउरोटी र दूध खान दिनुभयो । म के के कुराहरू भन्दै थिएँ । मुमा भने चुपचाप हुनुहुन्थ्यो । मलाई कुरा बुझ्न धेरै गाह्रो भैसकेको थियो । मुमा रिसाएको भए खान नदिनु पर्ने, नरिसाएको भए किन केही बोल्नु भएकै छैन । अनुहार पनि रिसाएजस्तै छ । पाउरोटी र दूध खाइसकेपसिछ उहाँले मलाई भित्र कोठामा लानु भयो ।

लौ ! मैले त हतारमा ब्याग ओछ्यानमा खुलै पो छोडेको रहेछु । मुडा पनि त्यहीँ तल थियो ।

‘यो ब्यागको पैसा खोइ ?’ मुमाले मलाई सोध्नु भयो ।

मैले संसारकै मायालु र छक्क परेको अनुहार पार्दै भनें, ‘ओहो त्यो भावनाले त हजुरकै पैसा चोरेर पो चकलेट किनेको रहेछ ।’

त्यति सुन्ने बित्तिकै मुमाले मेरो हात समातेर घर पछाडिको बारिमा लैजानुभयो । अनि त्यहाँ भएको ठूलो आँपको रूखमा मलाई बाँधिदिनुभयो ।
सानोमा कृष्ण भगवान्ले दही चोरेर खाँदा यशोदाले उहाँलाई यसरी नै बाँधेको कथा मुमाले सुनाउनु भएको थियो । तर त्यो दिन म कथामा होइन, साँच्चिकै बाँधिएको थिएँ ।

‘जुन बेला तिमीलाई पैसा खासमा कसले चोरेको हो भन्ने कुरा याद आउँछ मलाई भन्नू’ यति भनेर मुमा त घर भित्र पस्नु भयो ।

मुमाको गाली खाँदा सँधै मेरो सहारा बुवा हुने गर्नु हुन्थ्यो । तर त्यो दिन बुवा पनि घरमा हुनुहुन्नथ्यो । केहीबेरमा बुवा अफिसबाट आउनु भयो । सँधैझैं उहाँ मलाई बोलाउदै घरभित्र पस्नु भयो । बुवाको स्वर सुन्ने बित्तिकै म ‘बुवा, बुवा’ भन्दै रून लागें । बुवा एकैछिनमा बाहिर आउनु भयो । ‘मेरो छोरीलाई कसले बाँध्यो ?’ भन्दै डोरी फुकाइदिनु भयो । म उहाँलाई अंगालो मारेर झनै जोड जोडसित रून लागें । उहाँले मलाई फकाउँदै भित्र लैजानु भयो ।

भित्र गएपछि बुवाले मसित सबै कुरा सोध्नु भयो । मैले पनि नढाँटि भनिदिएँ ।

‘अनि त्यसरी चोर्नु हुन्छ त ? चकलेट खान मन हुँदा सँधै मुमाले किनिदिनु भएकै छ तिमीलाई । फेरी त्यो पैसा केही कामले राख्नु भएको थियो होला । अब के गर्ने तिमी नै भन,’ बुबाले सोध्नु भयो । मैले कुरा बुझिहालें ।

‘माफी माग्छु नि त,’ मैले भनें ।

मैले गएर मुमालाई ‘सरी’ भनें ।

उहाँले भन्नुभयो, ‘अबदेखि यस्तो बदमासी नगर्नू ।’

मुमाले मलाई सम्झाउँदै काखमा राखेर माया गर्नु भयो ।

त्यसपछि मुमाले मलाई भावनाको घर लैजानुभयो । कताबाट पैसा चोरेर यत्तिका चकलेट ल्याएको भन्दै उनको मुमाले पनि उनलाई बेस्सरी गाली गर्नु भएछ । मेरो मुमाले सबै भन्नु भयो । अनि मलाई भावनाको मुमासित पनि ‘सरी’ भन्न लगाउनु भयो ।

त्यसपछि हामीलाई ‘चकलेट बाँडेर लिनू’ भन्नुभयो । अनि हामी त्यहाँबाट घर फर्कियौं ।

त्यो दिनपछि मैले कहिल्यै पैसा चोरिन ।

आशा छ तपाईंहरूले पनि चोर्नुभएको छैन होला । छ त ?

विगतमा लाेकप्रिय यी गेमहरू जाे अहिले अस्तित्वमा छैनन्

समयको विकासको साथ, खेल उद्योग पनि द्रुत रूपमा बृद्धि भइरहेको छ। प्रारम्भिक जिओबावाang कार्ड गेम कन्सोलबाट गेम उपकरणहरूको श्रृंखलाको उदय जस्तै कम्प्युटर, स्मार्ट फोन, स्विच, PS4 आदि। विभिन्न प्रकारका ठूला र साना खेलहरू अनन्त रूपमा देखा पर्छन्। आउनुहोस् हामी एक take ० को दशकको पीढीको बाल्यकाल खेलहरू के हो हेरौं!

“सुपर मेरी”

सुपर मारियो अधिकांश व्यक्तिको बाल्यकालको सबैभन्दा प्रसिद्ध खेलहरू मध्ये एक हो!यो धेरै क्लासिक हो, र कडाईका साथ बोल्दा, यो धुलो हुँदैन, किनकि त्यहाँ अझै धेरै क्लासिक मानिसहरू छन् र यो खेल परिवर्तन गरिरहेका छन्। चित्रकलाको क्लासिक शैली, बाल्यकालको दिउँसोमा, घरभित्र पुरानो इलेक्ट्रिक फ्यान उडिरहेको छ, र सियाओबावाang खेल कन्सोल प्लग इन गरिएको छ। खेल कार्ड, कालो र सेतो टिभी वा कलर टिभीको अगाडि सुपर मारियो खेल्नको लागि एक मित्रलाई खिच्नुहोस्। यो रमाईलो छ, तर दुर्भाग्यवस, जब म ठूलो हुन्छु, धेरै पुरानो समय केवल मिस गर्न प्रयोग गर्न सकिन्छ।

“साहसिक टापु”

MapleStory पनि एक कार्ड खेल हो, सुपर मारियो जस्तै धेरै, तर केहि भिन्नताहरू छन्। सबैभन्दा ठूलो विशेषता यो हो कि यसले ड्रेगनहरू बढाउन सक्दछ। बिभिन्न ड्रेगनहरूको बिभिन्न विशेषताहरू छन्। यो एक धेरै राम्रो खेल हो। के कसैलाई थाहा छ?

“स्नोम्यान ब्रदर्स”

यती ब्रदर्स ठूलो खेल होइन, तर यो धेरै क्लासिक हो।कालो खेल्नु पर्ने बाल्यावस्थामा राम्रा साथीहरूसँग खेलहरू खेल्नुमा, खेलले तपाईंलाई धेरै न्यानो भावना दिन्छ।यो आकस्मिक खेलको रूपमा राम्रो छ।

“रक्त लड़ाई”

मलाई हेर्न दिनुहोस् कि कति जना मित्रहरूले यस खेलको बारेमा जान्न सक्छन्। खूनी लडाईमा बचपन र साथीहरूको लागि फाइटि। गेम हुनुपर्दछ। खेलमा एक सफलता मोड र फाइटिंग मोड छ। पात्रहरूसँग धेरै फरक सीप प्वाइन्टहरू छन्, जुन धेरै चाखलाग्दो छ।

रक्त लडाई”

दोस्रो रोबोट युद्ध”

दोस्रो रोबोट युद्ध पनि एक प्रकारको कार्ड गेम हो, मोबाइल फोन सिम्युलेटर पनि खेल्न सकिन्छ, धेरै खेलाडीहरूले यो खेल खेलेका छैनन्, तर रोबोट युद्ध श्रृंखला पनि खेलेको हुनुपर्छ, त्यस्ता धेरै रोबोट युद्ध खेलहरू धुँवामा छन्, मलाई कोही पनि थाहा छैन, तर स्टीममा नयाँ रोबोट युद्ध खेल छ, यस प्रकारको खेल फेरि देखा पर्‍यो।

“फायर प्रतीक: सीलको तरवार”

धेरै मानिसहरूलाई अग्नि चिन्ह थाहा छ। जे भए पनि, स्विचमा फ्लेम प्रतीकको लोकप्रियता कम छैन, तर यो पुरानो संस्करण लगभग धुलोमा कभर गरिएको छ। क्लासिक लडाई शैली, हतियार मिलान, र केही साधारण रणनीतिहरूको लागि पनि प्रयोग गर्न सकिन्छ। बिभिन्न पेशा। एक धेरै राम्रो पुरानो खेल।

आठौं अनुच्छेद: “रातो फोर्ट (स्याल)”

रातो फोर्ट्रेस जापानी कम्पनी KONAMI द्वारा विकसित एक एक्शन शूटिंग खेल हो। यो सेप्टेम्बर १ 1988 9 मा मुख्य भूमि चीनमा जारी गरिएको थियो। रातो किल्ला, कन्ट्रा, हरित कोर्प्स, र सालोमन सर्पलाई “शीर्ष चार” को रूपमा पनि चिनिन्छ र सम्पूर्णभरि लोकप्रिय छ S० दशक।होईन, s ० को दशक अझै पनी तातो छ, मलाई थाहा छैन कति व्यक्तिले ००० पछि यो पुरानो खेल जान्दछन्।

ट्रयाङ्क युद्ध

१ × × १ map नक्शा मिलेर १ × ×× नक्सा समावेश गरी १ 1985 13 मा शुरू भएको ब्याटल सिटी (युद्ध शहर) मा levels 13 स्तरहरू सम्मिलित छन्। इलाकामा brick प्रकारका ईंटा पर्खालहरू, समुद्री पानी, इस्पात प्लेटहरू, ज ,्गल, र फ्लोरहरू सामेल छन्। तपाईले बहुविध प्रकारका खजाना प्राप्त गर्न सक्नुहुनेछ। खेल, दुश्मनहरू types प्रकारका आर्मर्ड सवारीहरू, लाइट ट्याks्क, एन्टि-ट्या tank्क गन, र भारी ट्याks्कहरू छन्। त्यहाँ सेटिंग्सहरू छन् जुन क्यानबलले एक अर्कालाई र मित्रवत फायरपावरलाई अफसेट गर्दछ। यो बच्चाको दुई व्यक्तिको लागि हुनुपर्दछ। धेरै व्यक्तिहरूले यो खेलेका छन् ००० सेकेन्ड पछि पनि। क्लासिक पुरानो खेलहरू जुन खेलाइएको छ,

“तीन राज्यको रोमान्स”

रोमान्स अफ थ्री किंगडम डिभोरि World वर्ल्ड २ एक आरपीजी खेल हो जुन क्यापकले विकास गरेको हो। यो खेल १ 2 1994 in मा एफसीमा जारी गरिएको थियो। खेल तीन थ्री राज्यको रोमान्स लियु, गुआन र झाhangको कथाको साथ विकसित गरिएको थियो। पृष्ठभूमि को रूप मा।क्लासिक बाल्यकालको शावक कार्ड खेलहरू मध्ये एक, यो खेल बजारमा कमै देखिन्छ, कति व्यक्ति अझै पनि यसको बारेमा थाहा छ?

माथिको दस प्रकारका कारण क्रमबद्ध गरियो। वास्तवमा त्यहाँ दस भन्दा बढी प्रकारहरू छन्, जस्तै कन्ट्रा, किशोर किशोरी म्युट्यान्ट निन्जा कछुए, एफ १ रेसि,, तीन आँखा केटाहरू, अफ-रोड रथहरू, मानव हतियारहरू, गोल्ड डिगरहरू, पोपिए, डबल ड्र्यागन, मेटल स्लग प्रतिक्षा गर्नुहोस्, त्यहाँ धेरै छन्। खेल उद्योगको जोडदार विकासको साथ, यी पुराना खेलहरू बिस्तारै जनताको नजरबाट फीका हुँदै गयो, जसको अनुसरण गर्दै कति व्यक्तिको युवा, आजका पुराना खेलहरू साझा गरिएको छ, यदि तपाईंलाई मनपर्दछ भने, यो समर्थन गर्न संग्रह लाईक गर्न को लागी याद गर्नुहोस्।

आईटि न्युजबाट साभार

भाइबहिनीहरू ‘बेलबहादुरसँग बिहे’ कथा पढ्नु भयाे ?

साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ बजारमा उपलव्ध छ । कृतिलाई प्रकाशन गृह एडुकेशनल पब्लिसिङका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा लोकार्पण गर्नु भउकाे हाे । कथामा नेवा: परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्परा भित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

कथा कृति विद्यालय तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने एडुकेशनल पब्लिसिङ हाउसका रमण राउटले बताउनु भयाे । त्यस्तै एडुकेशनल पब्लिशिंग हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने दावी गर्नु भयाे। संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुती रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा लोकप्रिय हुने उहाँकाे बिश्वास छ ।

कथामा वरिष्ठ चित्रकार एक्कारामसिं को चित्र रहेका छन् । लेआउट एडुकेशनल पब्लिसिङ हाउसका वरिष्ठ डिजाइनर शितल सुकुभटुको रहेको छ । चित्र कथा एडुकेशनल पब्लिशिंग हाउसले सार्वजनिक गरेको हो । रंगीन चित्र सहितको चित्रकथामा ३६ पृष्ठ छन् । यसको मूल्य १५० रुपैयाँ रहेको छ । रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिसिङ हाउस जमल लगायत काठमाडौंका सबै पुस्तक पसलमा पुस्तक उपलब्ध  छ । काठमाडौं बाहिर पनि उपलव्ध छ ।

कहाँ पुर्‍याइन्छन् दिनहुँ १० बालबालिका ?

काठमाडौँ — गत साता महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ बालिका/किशोरी हराएको भोलिपल्ट सीमावर्ती भारतीय बजार सीतामढीमा फेला परे । तर यसरी हराएका सबै बालबालिका फेला पर्दैनन् ।

हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् ।

महोत्तरीको भंगहाका बालबालिका त संयोगले भेटिए तर प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३ बालिकासहित ६ सय १२ बालबालिका हराएका छन् । परिषद्का अनुसार ७ प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउनेमा प्रदेश २ अगाडि छ, जहाँ अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै (८७ प्रतिशत) बालिका मात्रै छन् । हराएकामध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन ।

प्रदेशगत तथ्यांक केलाउँदा प्रदेश २ पछि सबैभन्दा धेरै बालबालिका वाग्मती प्रदेशबाट हराएको देखिन्छ । वाग्मतीबाट ४ सय ५२ बालबालिका हराएका छन् भने प्रदेश १ बाट २ सय ९९, गण्डकीबाट ३ सय १०, लुम्बिनीबाट २ सय ८६, सुदूरपश्चिमबाट २ सय ३ र कर्णालीबाट १ सय २६ बालबालिका हराएका छन् । सोमबार बालबालिका खोजतलास केन्द्रमा पुग्दा प्रशासन शाखाका कर्मचारी हराएका बालबालिकाको खोजीमा नेपाल टेलिभिजनमार्फत विज्ञापन गर्ने सूचनाको तयारीमा जुटेका थिए । केन्द्रले मंगलबार बिहान नेपाल टेलिभिजनमार्फत बालबालिका हराएको सूचना प्रसारण गरिदिनका लागि हराएका १५ र ९ वर्षका बालक तथा १४ वर्षकी बालिकाको सूचना पठाउँदै थियो । केन्द्रले हरेक दिनजसो हराएका बालबालिकाको खोजीमा सहयोग पुगोस् भनेर नेपाल टेलिभिजनमार्फत बालबालिकाको फोटोसहितको सूचना प्रसारण गर्छ ।

हराएका बालबालिकाको खोजीका लागि निःशुल्क टेलिफोन नम्बर १०४ सञ्चालन गरिरहेको केन्द्रमा प्रत्येक दिन बालबालिका खोजिदिनुपर्‍यो भन्ने फोन आउँछ । गत साउनदेखि फागुन मसान्तसम्म मात्रै केन्द्रमा यस्ता २२ सयवटा फोन आएका थिए । यो तथ्यांकले पनि ठूलो संख्यामा बालबालिका हराइरहेको देखाउँछ । बालअधिकार परिषद्को आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष २ हजार ७ सय २९ बालबालिका हराएका थिए, जुन संख्या कोरोना कहर र लामो समयसम्म लकडाउन कायमै रहेको यो वर्ष झनै बढ्ने देखिन्छ ।

यो आर्थिक वर्षको ८ महिनामा २ हजार ३ सय ८८ बालबालिका हराइसके । हराएकामध्ये १५–१८ वर्षका सबैभन्दा बढी छन् । जसमा किशोरी १४३१ जना (६० प्रतिशत) छन् भने बालक २९३ जना छन् । हराउने बालबालिकाको संख्यात्मक गति आगामी चार महिनामा पनि कायम रहेको खण्डमा अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष हराउने बालबालिकाको संख्या ८ सयभन्दा बढी थपिने देखिन्छ । परिषद्को तथ्यांक केलाउँदा हराउनेमा बालकको संख्याभन्दा बालिकाको संख्या झन्डै तेब्बर देखिन्छ । जस्तो यो आर्थिक वर्षको ८ महिनामा ५ सय २७ बालक हराएका छन् भने हराउने बालिकाको संख्या १ हजार ८ सय ६१ छ । हराउनेमा बालिकाको संख्या धेरै छ भने फेला पर्नेमा बालकको संख्या बढी देखिन्छ ।

साउनयताका आठ महिनामा हराएका ५ सय २७ बालकमध्ये २ सय ७५ जना फेला परेका छन् भने २ सय ५२ जना कहाँ छन्, पत्तो छैन । यही अवधिमा हराएका १ हजार ८ सय ६१ बालिकामध्ये ९ सय ४४ जना फेला परे । बाँकी ९ सय १७ बालिका कहाँ छन् ? परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल भन्छन्, ‘ती बालिका कहाँ छन्, कुन अवस्थामा छन्, देशभित्र छन् कि बाहिर छन्, यकिन भन्न सकिने अवस्था छैन ।’

बालबालिका शान्ति क्षेत्र अभियानका कार्यक्रम निर्देशक मधु दवाडीले हराउनेमा किशोरावस्थामा प्रवेश गरेका बालिकाको संख्या उल्लेख्य हुनु डरलाग्दो भएको बताए । उनले कोरोना कहरका बीच भएको लकडाउनमा बालबालिका सामाजिक सञ्जालको पहुँचमा धेरै समय बस्नु र अपरिचितको सम्पर्कमा पुग्नु बालिका हराउनुको एउटा कारण हुन सक्ने आकलन सुनाउँछन् । उनले भने, ‘अभिभावकलाई आफ्ना छोराछोरी सामाजिक सञ्जालबाट कसको पहुँचमा पुगेका छन् भनेर थाहा नहुनु एउटा कारण हुन सक्छ । अर्को कारण संगठित मानव तस्करहरूले सामाजिक सञ्जालबाटै बालिकालाई टार्गेट गरिरहेको हुन सक्छ ।’

संरक्षणमुखीभन्दा पनि नियन्त्रणमुखी पारिवारिक संरचनाका कारण पनि बालबालिका हराइरहेको परिषद्को बुझाइ छ । कार्यकारी निर्देशक धरेलको बुझाइमा बालिका हराएको केही दिनपछि मात्रै सरकारी संयन्त्रमा सूचना दिने परिपाटी छ । उनले भने, ‘बालक हराएको सूचना छिटो दिने तर हुर्किरहेकी किशोरी हराएको सूचना दिन लोकलाजका कारण ढिलो गर्ने परिपाटी देखिन्छ । बालिका कम भेटिनुका पछाडि यो पनि कारण हुन सक्छ ।’

दवाडीको बुझाइमा हराएका बालबालिकाको खोजीमा राज्यसँग पर्याप्त जनशक्ति नभएका कारण पनि हराएको खोजी समयमै हुन नसकिरहेको र बालिका जोखिममा पर्न बाध्य भइरहेको सुनाए । परिषद्का कार्यकारी निर्देशक धरेलले पनि स्थानीय तहहरूले बलियो भूमिका खेल्ने हो भने बालबालिका हराउने क्रममा कमी हुने तथा हराएकाको खोजी सहज र द्रुत हुन सक्ने बताए ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा स्थानीय तहमा बालअधिकार समिति गठन हुनुपर्ने र स्थानीय तहमै बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था छ तर बालबालिकाको कानुनप्रदत्त अधिकारको विषय स्थानीय तहको प्राथमिकतामा परेको देखिन्न । ७ सय ५३ स्थानीय तहमध्ये ३० वटाले मात्रै बालअधिकार समिति गठन गरेका छन् भने जम्मा ५ वटा ले मात्रै बाल कल्याण अधिकारी नियुक्त गरेका छन् । कार्यकारी निर्देशक धरेलले भने, ‘स्थानीय तहमात्रै सक्रिय हुने हो भने बालबालिका हराउने क्रममा कमी आउन सक्छ र हराउनेको खोजी पनि छिटो हुन सक्छ ।’

हराएका बालिकामध्ये १५–१८ उमेरका ७६ प्रतिशत

हराएका बालबालिकाको उमेरगत तथ्यांकलाई मसिनो गरी केलाउँदा झनै डरलाग्दो तथ्यांक फेला पर्छ । परिषद्बाट प्राप्त तथ्यांकअनुसार पछिल्ला आठ महिनामा हराएकामध्ये सबैभन्दा धेरै बालिका १५ देखि १८ वर्ष उमेर समूहका छन् । हराएका बालिकामध्ये किशोरावस्थामा प्रवेश गरिसकेका बालिकाको संख्या ७६ प्रतिशत देखिन्छ । परिषद्का कार्यकारी निर्देशक धरेलले हराउनेमध्ये यो उमेर समूहका बालिकाको संख्या धेरै देखिनु डरलाग्दो संकेत भएको बताए । उनले भने, ‘तथ्यांकले हराएका बालिका अत्यधिक जोखिममा रहेको देखाउँछ ।’

परिषद्को तथ्यांकअनुसार ८ महिनामा ० देखि ५ वर्ष उमेर समूहका २२ बालक हराएका छन् भने बालिकाको संख्या १९ देखिन्छ । त्यस्तै ६ देखि १० वर्ष उमेर समूहका ४३ बालक र २५ बालिका हराएका छन् । ११ देखि १४ वर्ष उमेर समूहका १ सय ६९ बालक हराएका छन् भने दोब्बरभन्दा बढी अर्थात् ३ सय ८६ बालिका हराएका छन् । १५ देखि १८ वर्ष उमेर समूहका २ सय ९३ बालक हराउँदा बालिकाको संख्या तेब्बरभन्दा धेरै अर्थात् १८ सय ६१ छ ।

हराउनेमा बालिकाको संख्या धेरै देखिए पनि सडकमा बेवारिस अवस्थामा फेला पर्नेमा भने बालकको संख्या बढी देखिन्छ । बालबालिका खोजतलास केन्द्रले पछिल्ला ८ महिनामा निरन्तर सडक बालबालिकाको उद्धार तथा पुनःस्थापनाको काम गरिरहेको छ । केन्द्रले आठ महिनामा ७१ बालक र ६० बालिका गरी १ सय ३१ जनाको उद्धार गरेको छ । जसमध्ये ६० जनालाई उनीहरूको परिवारमा पुनर्मिलन गराइएको छ भने अन्यलाई अस्थायी संरक्षण गृहमा राखिएको छ ।

कान्तिपुरबाट साभार

डोकोनाङ्लो डटकम – नेत्र तामाङ

– नेत्र तामाङ

‘बिक्नै छाडे, अब के गर्ने होला ?’ छेवाङले निगालोको भारी आँगनमा फाले । छेवाङको पिँढी डोको र नाङ्लोले भरियो । तर किन्ने मान्छे आएनन् ।

निगाले गाउँका धेरैजसो सहर पसेकाले उनको डोकोनाङ्लो, थुन्चे बिक्न छाडे । उनले जानेको सीप डोकोनाङ्लो बुन्ने नै हो । यही बेचेर परिवारलाई खानलाउन पु¥याउँथे । कक्षा ९ पुगेका छेडुपको स्कुल खर्च पनि पुग्थ्यो ।

‘छेडुप, डोको त १०० वटा पुगिसेकछ, नाङ्लो पनि २० वटा भएछ, तिम्रो स्कुलको फिस नतिरेको पनि धेरै भयो,’ बुन्दै गरेको डोकोमा पानी छ्याप्दै छेवाङले भने, ‘यी डोको बिके त फिस तिरेर पनि पैसा बच्ने थियो, कसरी बिकाउने होला ?’

छेडुप छेवैमा व्यवसायिक किताब पढिरहेका थिए । बुवाको प्रश्न सुन्ने बित्तिकै खुसी भए ।

‘कम्प्युटरमा पसल खोलौ न बुवा, अनि बिकीहाल्छ नि,’ छेडुपले भने ।
‘कम्प्युटरमा पसल खोल्ने रे, उटाङ्गे कुरा गर्छस्,’ बुवाले आँखा तन्काए, ‘कहाँ सिक्यौ यस्ता कुरा ?’

‘हाम्रो स्कुलमा अहिले कम्प्युटरबाट पढाई हुन थालेको छ नि । व्यवसायिक शिक्षामा हामीलाई शिक्षकले आफुसँग भएका सामान बेच्ने तरिका सिकाउनुभएको थियो,’ छेडुपले थपे, ‘म्याग्दीमा महवीर पुनले कम्प्युटरमै गाइभैंसी र चौरी पसल खोलेका छन् रे । मानिसहरु घरमै सामान किन्न आउँछन् रे । त्यसै उटाङ्गे भन्नुहुन्छ ।’

‘अनि तेरा कम्प्युटरमा यत्रा डोको नाङ्लो अट्छन् त ?’ बुवा पनि झर्के ।
‘त्यो त म के जान्नु नि, तर मिसले भन्नुभएको कम्प्युटरबाटै यी सबै काम हुन्छ रे,’ छेडुपले भने ।

‘एकपटक तिम्रा मिससँगै भेटेर कुरा गरौं न त’, छेवाङले भने ।

छेडुपले मिससँग बुवाले भेट्न चाहेको कुरा सुनाए । शनिबारको दिन सगुनी मिस छेडुपको घर आइपुगिन्, ‘नमस्कार है छेवाङ दाई,’ ।

‘नमस्कार मिस, यतै चकटीमा बस्नुहोस न,’ छेवाङले पिँढीको एक चाङ डोको पन्छाए ।

‘अमम्म पिँढी त डोको र नाङ्लोले भरिएछ त दाई, अझै पनि बुनिरहनुभएको छ,’ मिसले भनिन् ।

‘त्यसै थुप्रेर बसेको छ नि, बिक्ने हैन । यी डोकोनाङ्लो कम्प्युटरमा पसल खोलेर बेच्न सकिन्छ भनेर छेडुपले भन्दै थिए, त्यही भएर मिसलाई दुःख दिएको नि,’ छेवाङले मिसतिर हेर्दै भने ।

‘मलाई के को दुःख नि दाई, जानेको कुरा सिकाउने न हो । छेडुपले भनेको कुरा सही हो । अचेल कम्प्युटरबाटै आफ्नो व्यापारव्यवसाय गर्न सकिन्छ दाइ,’ मिसले भनिन् ।’

‘अनि यति धेरै डोकोनाङ्लो जाबो सानो कम्प्युटर पसलमा अट्छन् होला त मिस ?’ छेवाङले सोधे ।

‘यी सामान कम्प्युटरभित्र राख्नै पर्दैन नि दाइ, एउटाको फोटो खिचेर मुल्यसूची राख्ने, तपाईको फोन नम्बर राख्ने, अनि मानिसहरुले अर्डर गरिहाल्छन् नि,’ मिसले हाँस्दै झोलाबाट ल्यापटप निकालिन् ।

छेडुपकी आमा लानीले सबैलाई चौरीको नौनी हालेको नुनचिया ल्याइन् ।
‘मैले यो कम्प्युटर एक शिक्षक एक ल्यापटक कार्यक्रममा लिएकी हुँ, अहिले त सबै पैसा तिरिसकें,’ मिसले भनिन्, ‘यही कम्प्युटरमा इ–पुस्तकालय कार्यक्रम पनि छ, यहीबाट हामी विद्यार्थीलाई सिकाउँछौं । मैले पनि अनलाइन किनबेचबारे यहीबाट धेरै कुरा सिकेकी हुँ ।’

कम्प्युटरमा विभिन्न सेवाप्रदायक कम्पनीले डोकोनाङ्लोको विज्ञापन राखिदिने र आफुले चाहेको मुल्यमा डोको बेच्न सकिने कुरा पनि मिसले बताइन् । इ–व्यवसायका फाइदाबारे सुनाइन् ।

मिसले आफुसँग भएको फोन निकालेर डोकोको फोटो खिचिन् । नाङ्लोको फोटो खिचिन् । मुल्य टिपिन् । अनि भनिन्, ‘ल छेवाङ दाइ, म तपाईको डोको र नाङ्लो अनलाइन पसलमा राखिदिन्छु, तपाईलाई अर्डर आउन सक्छ ।’

‘हस मिस, तपाईंको गुण भुल्नेछैन, यो कम्प्युटर पढाईले मेरो छोरा पनि अहिले अलि बुझ्ने भएछन्, पहिले सहर जान कर गर्थे, अहिले यतै पढ्ने भन्छन्, डोको यतै बिके त हामीले पनि गाउँ छाड्ने पर्थेन,’ छेवाङले भने ।

‘ल दाइ, पछि पैसा कमाएपछि डोकोनाङ्लो डटकम नामको वेबसाइट खोल्नुपर्छ, भाउजुलाई एक महिला एक ल्यापटप कार्यक्रमबाट एउटा ल्यापटप लिनु भए झन राम्रो हुन्छ,’ मिसले नमस्कार गरिन्, ‘साँच्ची मिठो चिया खुवाउनुभएकोमा भाउजुलाई धन्यवाद छ है ।’

एक दिउँसो छेवाङ आँगनको गुन्द्रीमा पल्टिरहेका थिए । उनको गोजीमा भुरभुर गरी मोबाईल करायो । नयाँ नम्बर थियो ।

‘हेलो,’ उसले फोन उठाए ।

‘नमस्कार, म काठमाडौंदेखि रामप्रताप बोलेको, तपाई छेवाङ बोल्नुभएको हो ?’ उताबाट आवाज आयो ।

‘हो हजुर, मै हु छेवाङ, किन होला भन्नुस न,’ छेवाङले सोधे ।

‘मेरो ह्यान्डीक्रफ्ट पसल छ, मलाई २०० जति डोको र १०० वटा जति नाङ्लो चाहिएको छ ?’ रामप्रतापले सोधे ।

छेवाङलाई सपना हो कि विपना छुटाउन गारो भो । एकछिन् केही बोल्न सकेनन् ।

‘हेलो छेवाङ जी सुन्नुभयो,’ उताबाट आवाज आयो ।

‘हजुर, सुनें, डोको चाहि पुग्छ होला, नाङ्लो चैं ५० वटा मात्रै छन्,’ छेवाङले भने ।

‘सक्दो बुन्नुहोस, म दुई हप्तामा क्यास लिएर आएर सबै सामान उठाउँछु, मेरो नम्बर यही हो,’ ठेकेदारले भने ।

सामान अर्डर आएपछि छेवाङ एकदम खुसी भए । तैपनि उनलाई अझै विश्वास लागेन ।

उनले फोनमै भने, ‘सर, अलिकति खर्च पहिले चाहिन्छ कि ?’
‘हस, म तपाईंको नाममा २५ हजार रुपैयाँ अहिले नै हालि दिन्छु, तपाईंलाई नजिक पर्ने मनी ट्रान्सफर कम्पनीबाट लिनुहोला, अहिलेलाई बिदा,’ रामप्रतापले छेवाङलाई विश्वस्त बनाए ।

कथा सम्पादन: विनय कसजु।
(२०७२ चैत १२ देखि १४ गतेसम्म लप्सीफेदीस्थित नेसनल माउन्ट भिउ एन्ड ग्रिन रिसोर्टमा वाल वाङमय अनुसन्धान केन्द्र तथा आइसिटी इन एजुकेसनले आयोजना गरेको कार्यक्रममा लेखिएको कथा।)

अहिलेका बच्चाहरु स्मार्ट छन्

अहिलेका बच्चाहरु स्मार्ट छन् । उनीहरु नयाँ प्रविधिसँग नजिकिन सधै उत्सुक हुने गर्छन् । नयाँ- नयाँ कुरा पच्छ्याउन खोज्छन् ।

त्यसो त ज्ञान आर्जनका लागि अहिले किताव वा विद्यालयमा मात्र निर्भर रहनुपर्ने अवस्था पनि छैन । उनीहरुले विभिन्न माध्यामबाट आफ्नो जिज्ञासा मेटिरहेका हुन्छन् । यता अभिभावकहरु चाहन्छन्, बच्चाले धेरै राम्रो नतिजा हासिल गरोस् । पठनपाठनमा मात्र ध्यान दिए हुन्थ्यो ।

स्वभाविक हो, यस्तो चाहाना हुनु । तर, बच्चालाई पढाउने चक्करमा उनीहरुलाई नयाँ नयाँ कुरा जान्नबाट बञ्चित भने गर्नु हुँदैन । बच्चालाई मोबाइल दिनुपर्छ । टिभी हेर्न दिनुपर्छ । घरको सामाग्रीहरु खेलाउन दिनुपर्छ । भाँडावर्तन चलाउन दिनुपर्छ । यद्यपी ति कुराहरु चलाउँने विधी के हो भन्ने ज्ञान चाहि हुनुपर्छ । स्वतन्त्र रुपमा उनीहरुले ज्ञान आर्जन गर्छन ।

त्यससँगै बच्चालाई अभिभावकले व्यवहारिक ज्ञान दिनुपर्छ, जो जीवनोपयोगी होस् ।

घरायसी काममा प्रेरित गरौं

अक्सर आमाबुवाको प्रवृत्ति के हुन्छ भने, बच्चालाई भान्सामा पस्न नदिने । भान्सामा आयो भने पढाईमा ध्यान दिदैन वा फोहोर बनाउँछ भन्ने लाग्छ अभिभावकलाई । जबकी बच्चाले भान्साबाट पनि जीवन उपयोगी ज्ञान आर्जन गर्न सक्छन् ।

उनीहरुलाई भान्साको सानोतिनो काम लगाउनुपर्छ, जो उनीहरुको सामथ्र्यले भ्याउँछ । तरकारी केलाउने, धुने, सलाद काट्ने, अन्डा उसिन्ने जस्ता काममा बच्चालाई प्रोत्साहित गर्नुपर्छ । यसबाट उनीहरुले काम गर्ने तरिका, शैली सिक्छन् । काम गर्न सिपालु हुन्छन् । साथसाथै कामप्रतिको लगाव पनि बढ्छ ।

बच्चाको भान्सा पनि ज्ञान भण्डार हो । त्यहाँबाट उनीहरुले सागसब्जीको बारेमा जानकारी लिन्छन् । खानेकुरा पकाउने कला सिक्छन् । पोषणको बारेमा जानकारी पाउन सक्छन् ।

बगैंचाको काममा लगाउने

बालबालिकाको लुगा फोहोर हुन्छ वा उनीहरुलाई घाउँ खटिरा आउन सक्छ भनेर कतिपय अभिभावकले बगैंचामा खेल्न, काम गर्न दिदैनन् । यद्यपी बच्चालाई बगैंचामा खेल्न स्वतन्त्रपूर्वक छाडिदिनुपर्छ ।

बगैंचामा खेल्न मात्र होइन, काम पनि गर्न सिकाउनुपर्छ । खेलखेलमै उनीहरुले बगैंचाको काम पनि गर्छन् । जस्तो कि, फूल वा बोट विरुवाको गोडमेल गर्ने, पानी लगाउने, प्लाष्टिकजन्य वस्तु संकलन गर्ने ।

यसले उनीहरुलाई प्रकृतिसँग एकाकार हुन सिकाउँछ । बगैंचामा उनीहरुले बनस्पतिको बारे प्रत्यक्ष ज्ञान आर्जन गर्न सक्छन् । फूलहरुको रंग, पं्रकृति, सुगन्ध आदिबारे अनुभव लिन सक्छन् । फल, त्यसको बोट आदिबारे पनि जान्ने अवसर पाउँछन् । किताबमा पढेको भन्दा यसरी नाङ्गो आँखाले प्रत्यक्ष देखेको, छोएको कुराको ज्ञान दिगो र प्रभावकारी हुन्छ ।

खेलकुदमा लगाउने

एकखाले अभिभावकहरु हुन्छन्, जो बच्चाहरु खेलकुदमा लाग्यो भने पढाईमा बाधा पुग्छ भन्ने ठान्छन् । त्यही कारण उनीहरु खेल्नका लागि अनुमति दिदैनन् । बच्चालाई खेलबाट बञ्चित गराएर किताव घोक्न लगाउँछन् । जबकी खेलकुदबाट बच्चाले धेरै कुरा आर्जन गर्न सक्छन् । खेलकुदले शारीरिक तथा मानसिक फाइदा गर्छ । आउटडोर गेमले उनीहरुको शारीरिक विकासमा सहयोग गर्छ । रक्तसंचार राम्ररी हुन्छ । जब शारीरिक स्वस्थ्य राम्रो हुन्छ, उनीहरुको मानसिकता पनि सकारात्मक हुन्छ । उर्जावान हुन्छ । खेलकुदले अनुसाशन सिकाउँछ । टिमवर्कको महत्व बुझाउँछ । संघर्ष गर्न उत्प्रेरित गर्छ ।

सैनिक ‘कु’ को सिकारमा म्यानमारका बालबालिका

एजेन्सी – म्यान्मारमा फेब्रुअरीको सैनिक ‘कु’ यता भएका प्रदर्शनका क्रममा ४३ जना बालबालिका मारिएका छन् । मारिनेमा ७ वर्षीय बालिकासमेत रहेकी ‘सेभ द चिल्ड्रेन’ ले जनाएको छ ।

एक स्थानीय अनुगमन संस्थाका अनुसार हालसम्म गरिएका प्रदर्शनमा मारिनेको संख्या ५३६ पुगेको छ । ‘सेभ द चिल्ड्रेन’ ले म्यान्मारमा जारी हिंसासँगै त्रास, पीडा र तनावका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा निकै प्रभाव परेको जनाएको छ । ‘बालबालिकाले हिंसा र त्रास प्रत्यक्ष रूपमा देखेका छन्,’ सेभ द चिल्ड्रेनले विज्ञप्तिमा जनाएको छ, ‘म्यान्मार बालबालिकाका लागि सुरक्षित स्थान नरहेको अब प्रस्ट भएको छ ।’

म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय दूतले ‘थप रक्तपातको अवस्था रहेको’ चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ । सीमा क्षेत्रमा सेना र जातीय विद्रोही समूहहरूबीच भिडन्तहरू भएका समाचार सार्वजनिक भएसँगै थप चिन्ता व्यक्त गरिएका हुन् । सेनाले सर्वसाधारणमाथि दमन नरोके सेनामाथि नै आक्रमण गर्ने विद्रोही समूहहरूको चेतावनी छ ।

गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको भन्दै म्यान्मारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको हो । त्यसयता लोकतन्त्र पक्षधरहरूले आन्दोलन चर्काएका हुन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दैनिकजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने चुनावमा धाँधली नभएको बताउने गरेका छन् ।

चुनावमा लोकतन्त्रवादी नेत्री आङ सान सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक बहुमत ल्याएको थियो । सेना प्रमुख मीन ह्यालिङले ‘देशमा निष्पक्ष चुनाव गर्ने’ बताउँदै आएका छन् । तर उनले चुनावको मितिबारे भने केही उल्लेख गरेका छैनन् ।

सत्ताधारी सेनाले खोस्यो बाबुकै काखबाट ७ वर्षीया बालिकाको प्राण
सत्ता कब्जा गरेसँगै एनएलडी प्रमुख सुची सैनिक नियन्त्रणमा छिन् । उनीविरुद्ध विभिन्न मुद्दा लगाइएको भए पनि त्यसविरुद्धका प्रमाण सार्वजनिक गरिएको छैन । नेत्री सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् । सैनिक ‘कु’ सँगै सुचीसहित एनएलडीका दर्जनौं नेता, पत्रकार तथा मानवअधिकारकर्मीलाई पनि पक्राउ गरिएको छ ।

पछिल्ला दिनहरूमा सैनिक सरकारले प्रदर्शनकारीमाथि चरम दमन गर्न थालेको छ । गत शनिबार गरिएका प्रदर्शनमा सेनाले गोली चलाउँदा ११४ जना मारिएका थिए । सैनिक नरसंहारको संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायतले निन्दा गरेका छन् । लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको ‘चरम दमन अस्वीकार्य’ भएको उनीहरूको भनाइ छ ।

बेलायतसहित एक दर्जन देशका रक्षामन्त्रीहरूले यसअघि संयुक्त विज्ञप्ति जारी गरी सैनिक दमनको कडा निन्दा गरेका थिए । ‘व्यावसायिक सेनाले आचारसंहिताको अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्छ । उसले जनतालाई संरक्षण गर्ने र क्षति नपुर्‍याउन जिम्मेवार रहनेमा’ म्यान्मारको सेना त्यस्तो नदेखिएको ती राष्ट्रहरूको भनाइ छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती विदेशमन्त्री डोमिनिक राबलगायतले सैनिक दमनको चर्को आलोचना गरेका छन् । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले यसअघि नै सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् । तर चीन र रुसले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

बालबालिकाले घरमै खेल्न सकिने खेलहरू

साना बालबालिका एक आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् । तर कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन। शारीरिक दुरी कायम गरेर हामी आफू र अरूहरूलाई त सूरक्षित राख्न सक्छौँ, तर खेलका माध्यमबाट आफ्नो वरिपरिको परिवेश थाहा पाउने र साथीहरूसँग जोडिन सिक्ने साना बालबालिकाका लागि भने शारीरिक दुरी विशेष गरि चुनौतिपूर्ण हुन सक्छ। तर उनीहरू घरभित्र रहेकै कारणले रमाउन सक्दैनन् वा केहि पनि सिक्न सक्दैनन् भन्ने चाँहि पटक्कै होइन।

यो समयमा तपाईंका नानीबाबुहरूको संसार फराकिलो बनाउन र उनीहरूसँग रमाइलो पल बिताउन केहि रचनात्मक खेलका उपायहरू लिएर आएका छौँ।

०-९ महिनासम्मका शिशुहरूका लागि

 

This image shows an illustration of a mother on the floor with her child pointing at their pet cat

देखियो-देखियो-देखिएन!
यो खेल खेलाउनको लागि तपाईंलाई आफ्नो हात र मधुर बोलीको प्रयोग गर्नु पर्नेछ। तपाईं आफ्नो शिशु लिएर कुनै एक स्थानमा बस्नुहोस्। अब तपाईंले आफ्नो हात वा सफा कपडाको टुक्राले आफ्नो अनुहार छोप्नुहोस्, त्यसपछि लगत्तै अनुहारबाट हात वा कपडा हटाउँदै “देखियो-देखियो-देखिएन!” भन्नुहोस् । तपाईंको शिशुले रमाउँदै तपाईंको अनुहार एकैछिनमा हराएको र फेरि एकैछिनमा देखिएको हेर्नेछ। शिशु हुर्किँदै जाँदा आफै नै तपाईंसँग यो खेल खेल्न सक्नेछ।

हेर र भन
घर वरिपरिका फरक-फरक वस्तुहरूलाई देखाउनुहोस् । तिनको नाम बताउँदै तिनीहरूको बारेमा भन्नुहोस्। जस्तो कि कुनै एउटा बिरालो देखाउँदै भन्नुहोस्, “उ हेर बिरालो देख्यौ? त्यो खैरो बिरालो हो।“ यस्तो गर्नाले तपाईंका नानीबाबुहरूको भाषिक विकास हुनुको साथै तपाईंहरू बीचको सम्बन्ध प्रगाड बन्नेछ।

बाजा बनाऔ
आफ्ना नानीबाबुहरूसँग मिलेर गीत गाउनुहोस्। साथसाथै बाजा बनाउन एउटा सुरक्षित खाली प्लास्टिकको बोतल लिनुहोस् । त्यसभित्र टाँक वा मालाका दानाहरू हालेर बिर्को बन्द गरी हल्लाएर बजाउन मिल्ने बाजा बनाउनुहोस्। संगीतले बालबालिकाको संवेदनात्मक बिकास गर्दछ भने सो बाजा समाउने कृयाकलापले सुक्ष्म तथा स्थुल अङ्गको बिकास गर्दछ। सबैभन्दा महत्त्वपूर्ण कुरा रचनात्मक हुनु र रमाइलो गर्नु हो।

शरीरको खेल
आफ्ना नानीबाबुहरूलाई उनीहरूको शरीरको अङ्गहरूको नाम बताउनुहोस् । ती अङ्गहरू देखाउँदै उनीहरूलाई अङ्गका नामहरू सिक्न सहयोग गर्नुहोस्। जस्तैः “नानीको नाक कहाँ छ? यी, यहाँ छ।” तपाईंले बालबालिकालाई आफ्नो र अरूको अङ्ग बिचको समानता थाहा दिन आफ्नो पनि सोहि अङ्ग देखाउनुहोस् र भन्नुहोस् “आमाको नाक कहाँ छ? यी यहाँ छ।”

 

१-२ वर्ष उमेरका बालबलिकाका लागि

 

बाकसको गाडी
यो कृयाकलाप गर्नको लागि सबै भन्दा पहिले एउटा खाली बाकस वा कार्टुन लिनुहोस्। त्यसमा सुरक्षाको लागि सफा एवम् नरम बाक्लो कपडा वा ब्ल्याङ्केट मिलाएर आरामदायी तरिकाले बिछ्याउनुहोस्। अब आफ्ना नानीबाबुहरूलाई त्यसमा राख्नुहोस्। त्यस पछि, तपाईं कुनै मोटर कारको ध्वनिलाई नक्कल गर्दै होसियारी पूर्वक वरिपरि धकेल्ने वा तान्ने गर्नुहोस्। यस्तो कृयाकलापबाट नानीबाबुहरूले नयाँ खेलौनाको अनुभव प्राप्त गर्नका साथै घरको वरिपरि यसरी यता-उता जान पाउँदा खुसी हुनेछन्। तपाईंले पनि शारीरिक कसरतको मौका पाउनु हुनेछ। यदि तपाईंको घरमा धेरै खाली ठाउँ छैन भने तपाईंले केवल बाकसलाई दायाँ बायाँ हल्लाएर मोटर कारको ध्वनि मात्र भएपनि निकाल्न सक्नुहुन्छ।

किचेन ड्रमर
यसको लागि सबै भन्दा पहिला भान्साबाट केही नफुट्ने वा नटूक्रिने किसिमका कचौरा, भाँडा र प्यानहरू ल्याउनुहोस् । तिनीहरूलाई मिलाएर ड्रम सेटको शैलिमा राख्नुहोस्। ड्रम बजाउनको लागि ड्रम स्टिकको रूपमा प्रयोग गर्न केही काठबाट बनेका पन्यूहरू ल्याउनुहोस्। अब तपाईंका नानीबाबुहरू आफैंले रमाउँदै सो काठका पन्यू र भाँडाहरू बजाएर नयाँ-नयाँ ध्वनिहरू निकाल्नेछन्। यसले पनि तपाईंको शिशुको सुक्ष्म अङ्गको बिकास गर्दछ।

स्वतन्त्र चित्रण
आफ्ना नानीबाबुहरूलाई मैनका रंगहरू र एउटा खालि कागज दिनुहोस्। अब उनीहरूलाई इच्छा अनुरूपको चित्रहरू बनाउन लगाउनुहोस्। यसले तपाईंका नानीबाबुहरूको सृजनात्मक कला उजागर गर्नको साथै आफै रमाउन सिकाउँदछ। जब उनीहरूले चित्र कोरेर सक्छन्, उनीहरूले चित्र बनाउँदा प्रयोग गरेका विभिन्न रंगहरूको बारे उनीहरूसँग कुरा गर्नुहोस्।

भकुन्डो पास
एउटा नरम प्रकारको भकुन्डो ल्याउनुहोस्। अब तपाईं र तपाईंका नानीबाबुहरू केहि छोटो दुरीको फरकमा आमने सामने गरि बस्नुहोस्। त्यसपछि सो बललाई पालै-पालो एक अर्को तर्फ पास गरेर खेल्नुहोस्। यसले तपाईंका नानीबाबुहरूको आत्मविश्वास बढाउनका साथै हरेक कृयाको जवाफ वा प्रतिकृया दिन सिकाउँदछ। यसलाई अझै रमाइलो बनाउन अर्को भकुन्डो थप्नुहोस् र उनीहरूले कुनै एउटा छनोट गरे पछि उनीहरूसँग सो छनोटमा परेको भकुन्डो बारे कुरा गर्नुहोस्।

This image shows a young child playing music with spoons and dishes

 

३-४ वर्ष उमेरका बालबालिकाका लागि

 

This image shows a father and a young child playing dress up with a funny shawl and paper boat hat

विभिन्न वेशभूषा र पहिरन
केहि फरक-फरक किसिमका कपडाहरू लिनुहोस् ।आफ्ना नानीबाबुहरूलाई ती कपडाहरूबाट विभिन्न वेशभूषा र पहिरन बनाउन लगाउनुहोस् । त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्नुहोस् ।पक्कै पनि तपाईंहरू सबैले अपुर्व अनुभव गर्न सक्नुहुनेछ ।

म तिमीलाई समात्छु
घरभित्र वा वरिपरि खाली ठाउँमा नानीबाबुहरूलाई दौडन लगाउनुहोस् र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुहोस् । यो खेलले तपाईंका नानीबाबुहरूलाई धेरै थकाउनेछ । त्यसैले खेल खेलिसके पछि उनीहरूलाई छोटो समयको लागि सुताउन पनि सक्नुहुनेछ।

आवाज पत्ता लगाऊ
आफ्नो शिशुलाई फरक-फरक जनावरहरूको आवाजको नक्कल गरेर सुनाउनुहोस् । उसलाई त्यो आवाज कुन जनावरको हो भनेर चिन्न लगाउनुहोस्। अब त्यसरी नै उसलाई पनि जनावरहरूको आवाजको नक्कल गर्न प्रोत्साहित गर्नुहोस् र आफूले सो जनावरको नाम बताउनुहोस्। यसले आवाज नक्कल गर्दा छनोट गर्नु भएका जनावरहरूकोबारे नानीबाबुहरूलाई अझ धेरै जानकारी दिने अवसर प्रदान गर्नेछ।

बाल चुनौती
बालबालिका आफ्नो शारीरिक परिपक्वतासँगै चुनौतीहरू सामना गर्न मन पराउँछन्। त्यसैले आफ्ना नानीबाबुहरूलाई आफ्ना पाखुरा उठाउने, हातले गोडाका औँलाहरू छुने जस्ता गाह्रा निर्देशनहरू दिनुहोस्। यसले तपाईंका बालबालिकालाई शरीरका अङ्गहरूको नाम थाहा पाउन र उनीहरूको शारीरिक क्षमताहरूको पहिचान गर्न सहयोग पुर्याउँदछ।

 

५-८ वर्ष उमेरका बालबालिका

 

अवरोधपूर्ण दौड
नरम र सूरक्षित किसिमका फर्निचर, सिरानी र खेलौनाहरूको प्रयोग गरेर ठाउँ ठाउँमा अवरोधहरू बनाउनुहोस्। शुरूमा कसरी यी अवरोधहरूबाट बँचेर दुरी पार गर्न सकिन्छ भनेर आफ्ना नानीबाबुहरूलाई देखाउनुहोस्। त्यसपछि उनीहरूलाई जति सक्दो चाँडो सो दुरी पूरा गर्न प्रोत्साहन गर्नुहोस्। यसको लागि घडि हेरेर दौडिन लगाउनुहोस्। हरेक पटक उनीहरूलाई आफूले अघिल्लो पटक पार गरेको समय भन्दा कम समयमा दौड पूरा गर्न अभिप्रेरित गर्नुहोस्।

खेलौनाको  सरसफाइ
एउटा बाल्टिनमा पानी भर्नुहोस्। त्यसमा आफ्ना नानीबाबुहरूको खेलौनाहरू डुबाएर पानीसँग खेल्दै नरम कपडाले खेलौनाको सरसफाइ गर्न लगाउनुहोस्।

कथा बनाउन लगाउनुहोस्
आफ्ना बालबालिकालाई नेत्रित्व गर्न दिनुहोस् र उनीहरूलाई कुनै काल्पनिक कथा बनाउन लगाउनुहोस् ।उनीहरूको कुरा राम्ररी सुन्नुहोस् । उनीहरूले बनाएका काल्पनिक दुनियाँहरूको बारेमा प्रश्न सोध्नुहोस्।

सँगै खाजा बनाउनुहोस्
तपाईंले आफ्नो परिवारको लागि खाजा तयार गर्दा आफ्ना नानीबाबुहरूलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नुहोस्। सकेसम्म धेरै रंगका खानेकुराहरू प्रयोग गर्ने चुनौती दिनुहोस्। खाजा तयार भएपछि पनि उनीहरूको क्षमता र इच्छा अनुसार प्लेटमा खाजा सजाउन दिनुहोस्। आफ्ना स्वादिलो शृजनासँग उनीहरू पक्कै खुसी र गौरवान्भित हुनेछ।

This image shows a father and daughter making snacks together

युनिसेफकी म्यान्डी रिचद्वारा लिखित

चित्रः प्रोमिना श्रेष्ठ

साभार: युनिसेफ