प्रेम राई ‘परीक्षित’ इडेन ब्रिज स्कुलका फाउण्डर प्रीन्सीपल हुनुहुन्छ । उहाँ शिक्षासेवी हुनुका साथै साहित्यमा समेत कलम चलाउनु हुन्छ । उहाँका गीत , कविता , बालनाटक प्रकाशित छन् ।  बालकविता  , बालगीत सँग्रहहरू प्रकाशनकाे तयारीमा रहेका छन । दर्जनाै बालगीत, बाल कविता राष्ट्रिय पत्र पत्रिकाहरूमा प्रकाशित छन् ।  बाल साहित्यमा कलम चलाइ रहनुभएका प्रेम राई परिक्षितकाे बाल्यकाल कस्ताे थियाे त, जान्न तल पढाै ।
खोटाङ जिल्ला कसेरी गाउँ सुन्तले भन्ने टोलमा जन्मेको हूँ । आजभन्दा करिब ५० बर्ष अघि,त्यतिखेर हाम्रो गाउँमा धेरै स्कुल थिएनन्।  घरबाट उकालो हिड्नु पर्थ्यो ।  एक घण्टामा स्कुल पुगिन्थ्यो । मेरो स्कुलको नाम श्री सिम्पानी माध्यामिक बिध्यालय हो । हाम्रो पालामा छ-सात बर्षमा शिशु (अहिलेको नर्सरी) कक्षामा स्कुल जाने प्रचलन थियो ।

बाल्यकालका कुरा

मेरा तिप्पा (बडाबाउ) का छोराछोरिहरु म भन्दा पहिला नै स्कुल गएका थिए । स्कुल छुट्टि भएपछि उनिहरु हाम्रै घरको बाटो भएर आउँथे । स्कुलको कुरा सुनाउँथे । स्कुल गएको एक हप्ता भएको छैन कोहि पाँच कक्षामा कोहि तीन कक्षामा कोहि के मा, कोहि के मा, भन्दै खुब गफ लडाउँथे । मलाईचाहिँ स्कुल जान नपाउँदा औडाहा हुन्थ्यो । सबैभन्दापछि परेको जस्तो लाग्थ्यो। म स्कुल नगए पनि घरमै पढेर बस्थेँ । साउँ अक्षर बाह्रखरी ( क का कि कि ..) घरमै सिकिसकेको थिएँ ।
त्यो बेला अहिलेको जस्तो लेख्ने कपि कलम को चल्न थिएन । काठको पिरामा रातो माटोको धुलो दलेर बाँसको डिकोले लेख्ने चलन थियो । कपि कलम पाउनु भनेको  ठूलो कुरो हुन्थ्यो । स्वर्गै पुगे जस्तो हुन्थ्यो । मैले नि काठको पाटिमा रातो माटो दलेर धुलोमा बाँसको सानो हाँगो(डिको ) ले नै लेख्ने अभ्यास गरेको हूँ । म सानोमा राम्रा अक्षर पारेर लेख्थेँ ।
बडाबाउका छोरा मेरा भाइहरुले धेरै पढिसकेछन् । म त पछि परेँ भन्ने चेत त्योबेला नै आइसकेको थियो मेरो । अब स्कुल नगई भएन भनेर कमर कसेँ । आमाले हातले बुनेको खाँडिको दौरा र कट्टु लगाएर स्कुल गएँ । हाम्रो घर माथि बाग्पैलेबारीमा थियो । त्यो पार गर्दै दिदी भाईहरुसंग उकालो लागेँ । खड्का टोल ,काहुले खोला अनि कमेरे भिर हुँदै स्कुल पुगियो । त्यो दिन अझै झल्झल्ती याद आउँछ। मेरो पाईलाले पहिलो चोटि स्कुलको आँगन टेकेको थिएँ । मेरो गोजि रातै थियो माटोको धुलोले ।
कपि पाउँदा सँसारकाे सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्यो आफुलाई । त्यस कपिमा राम्रा अक्षर खिपेर लेखेँ । गुरुले मलाई औधी तारिफ गर्नु भो । दुई तीन कक्षामा पढ्दा हामी स्कुलको घडी हेरेर को छिटो पढ्ने भनेर प्रतिस्पर्धा गर्थ्यौ ।
घरबाट दुईओटा बाँसको डिको लगेको थिएँ लेख्नलाई। कोठामा पुगियो।कोठा लामो थियो र त्यहाँ लामो काठको बेन्च राखिएको थियो । भुईँमा बसि त्यो बेन्चमा माटो दलेर डिकोले लेख्नु पर्ने । सरले एक हात(एक फिट) जति बेन्चको भाग लगाईदिनु भो । प्राय: सबैलाई त्यति नै ठाउँ छुट्याइदिनु भएको थियो । मैले मलाई छुट्याइएको बेन्चको सानो भागमा घरबाट लगेको माटो छरेँ सम्म बनाएर। सरले क ख… ज्ञ सम्म लेख भन्नू भो, मैले सबै लेखेँ एकै छिनमा सरले मलाई स्याबास् भन्नू भो । धेरै खुसी लाग्यो ।
त्यसपछी क का कि कि, ख खा खि खि हुँदै सबै बाह्रखरी लेखेर बुझाएँ त्यही दिन । सरले फेरि क्र ख्र ग्र ….. खुट्टा काटेका अक्षर, जोडिएका अक्षर र रेफ लागेका अक्षर लेख्न लगाउनु भो, त्यो पनि सबै लेखेर बुझाएँ । सबै ठिक भो । मेरो बाँसको दुबै डिको लेख्दा लेख्दा सबै भुत्ते भै सकेका थिए। अन्त्यमा,सरले बा अड्डा जानू हुन्छ भनेर लेख्न लगाउनु भो र त्यो पनि लेखेर बुझाएँ । सरले धेरै राम्रो भन्नू भो । त्यसपछी आमा भात पकाउनु हुन्छ भनेर लेख भन्नू भो । त्यो पनि लेखेँ । त्यति लेखी सक्दा स्कुल छुट्टी भयो ।
सरले भन्नू भो – तिमी पास भयौ , भोलि एक रुपियाँ लिएर आउनु एक कक्षामा भर्ना गरिदिन्छु र किताब पनि दिन्छु। म एकै दिनमा शिशु कक्षाबाट एक कक्षामा चढेको त्यो मेरो जीवनको पहिलो सम्झन लायक सफलता थियो । म दङ्ग थिएँ । म चार कक्षामा म पाच कक्षामा भन्ने भाईहरु त अझ क ख नै लेख्दै थिए पाटिमा । त्यो देखेर हाँस उठ्यो ।
घर फर्केर त्यो कुरा सबैभन्दा पहिला आमालाई सुनाए । आमा धेरै खुसी हुनु भो । मेरो कान्छा राम्रो पढ्छ भन्नू भो र आमाको अनुहार उज्यालो भो र स्कुस उसिनेर खाजा दिनु भो । म पढाईमा खुब मेहनत गर्थेँ । राम्रा अक्षर बनाएर लेख्नु पर्ने, किताब दाेब्रिनु नहुने , किताब कापि सफा हुनु पर्ने मेरो बानी थियो।अहिले पनि मेरो बानि त्यस्तै नै छ । नानीदेखि लागेको बानी नछुट्ने रहेछ । राम्रो बानी बसाले पछिसम्म राम्रै बानी बस्दो रहेछ । पछि अलि ठूलो कक्षामा पुगे पछि किताब किन्नु पर्थ्यो ।
म सिन्कौली (तेजपत्ता)को जरा जुन धेरै मीठो हुन्छ, बेचेर कपिको पाना किनेर लेख्थेँ । एकदिन मेरो आपा (बुवा)ले नयाँ कपि किनेर ल्याइदिनु भो, कपि पाउँदा सँसारकाे सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्यो आफुलाई । त्यस कपिमा राम्रा अक्षर खिपेर लेखेँ । गुरुले मलाई औधी तारिफ गर्नु भो ।
अन्तिम परीक्षा आउँदा अरुका किताब थोत्रा भै सक्थे तर मेरो त भर्खर पसलबाट किनेर ल्याएको जस्तै हुन्थ्यो । अनि त्यो किताब अरुलाई पचास प्रतिशत छुट गरेर बेच्थेँ । त्यसो गर्दा मलाई नि आम्दानी हुने किन्नेलाई नि फाईदा हुने । मेरो आमाले कहिले पनि किताब किन्दा पुरै पैसा तिर्नु परेन । मेरो पुरानो किताब बेचेर आएको पैसामा अलिकती थपे भैइहाल्थ्यो । यो सम्झिँदा त्यति सानैमा म घर परिवारको अनि आमाको दु:ख बुझ्ने भैइसकेको पो रहेछु ।
त्यो कुरा मेरो मनमा एउटा कहिल्यै नमेटिने गरि बसि रह्यो । सम्झन्छु-त्योबेला अहिलेको जस्तो सुबिधा पाएको भए झन कति प्रगती गरिन्थ्यो होला !!
म सिन्कौली (तेजपत्ता)को जरा जुन धेरै मीठो हुन्छ, बेचेर कपिको पाना किनेर लेख्थेँ । एकदिन मेरो आपा (बुवा)ले नयाँ कपि किनेर ल्याइदिनु भो, कपि पाउँदा सँसारकाे सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्यो आफुलाई । त्यस कपिमा राम्रा अक्षर खिपेर लेखेँ । गुरुले मलाई औधी तारिफ गर्नु भो । दुई तीन कक्षामा पढ्दा हामी स्कुलको घडी हेरेर को छिटो पढ्ने भनेर प्रतिस्पर्धा गर्थ्यौ । त्यतिखेर अङ्ग्रेजी बिषय पढ्न पर्दैनथ्यो ।
एक पाना त खरर एकै छिनमा पढी सक्थेँ । हामीलाई मुकुन्द सरले पढाउनु हुन्थ्यो । एकजना गोपि सर जो आँखा देख्नु हुन्नथ्यो । लौरोको भरमा हिड्नुहुन्थ्यो वहाँ ले गणित पढाउनु हुन्थ्यो । म छक्क पर्थेँ वहाँले कालाे पाटिमा चकले लेख्दा । आँखा नभाको मान्छे ले त यतिका क गर्न सक्छन् भने मैले त झन राम्रो गर्न सक्छु भन्ने कुरा मनमा आउँथ्यो । त्यो कुरा मेरो मनमा एउटा कहिल्यै नमेटिने गरि बसि रह्यो । सम्झन्छु-त्योबेला अहिलेको जस्तो सुबिधा पाएको भए झन कति प्रगती गरिन्थ्यो होला !!
–  प्रेम राई परिक्षित