भिडियो गेमका कारण यस्ता स्वास्थ्य समस्या

प्रविधिको बढ्दो प्रयोगसँगै युवा र बालबालिकामा मोबाइल, ट्याबलेट, कम्प्युटरलगायत विद्युतीय उपकरणमा व्यस्त हुने क्रम बढ्दो छ । विभिन्न भिडियो गेम खेलेर उनीहरू लामो समय बिताइरहेका हुन्छन् । केही समययता अधिकांश युवा तथा बालबालिकामा पब्जी नामक भिडियो गेम खेल्ने लत बसेको पाइन्छ । जसले गर्दा मानसिक रोगको जोखिम अझ बढेको छ । अब जानौँ, पब्जीलगायत भिडियो गेमले निम्त्याउने स्वास्थ्य समस्याबारे :

इन्टरनेट गेमिङ डिअर्डर
हाल कतिपय बालबालिका इन्टरनेट गेमिङ डिअर्डरको समस्या लिएर अस्पताल आउने गरेका छन् । जुन एक प्रकारको मानसिक रोग हो । खेल्न छाड्दा छटपटी हुने, बिस्तारै टाउको दुख्ने, निद्रा नलाग्ने तथा रिस उठ्नेजस्ता समस्या प्रायःमा देखिन्छ ।

कतिपयमा धैर्य गर्ने क्षमतामा कमी आउने हुन्छ । पब्जीजस्ता गेममा धेरैजसो विषयवस्तु हिंसात्मक हुने गर्छन् । लामो समय गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले बाहिर पनि यस्तै क्रियाकलप गर्ने सम्भावना बढेर जान्छ ।

इन्टरनेट गेमिङ एडिक्सन
जाँडरक्सी तथा ड्रग्सको जस्तै गेमको पनि लत हुने गर्छ । यस्ता भिडियो गेम सुरु–सुरुमा रमाइलोका लागि खेल्ने गर्छन् । कति समय खेल्ने भन्ने कुरा निश्चित नहुँदा लामो समय गेम खेलेर बिताउने लत बस्दै जान्छ । दैनिक भिडियो गेम खेल्ने बालबालिकाको दिमागको अगाडिपट्टिको भाग (फ्रोन्टल कर्टेक्स)मा असर पर्छ । भिडियो गेमले फ्रोन्टल कर्टेक्समा जस्तो असर पर्छ, त्यस्तै असर कोकिन लिने मानिसको दिमागमा परेको हुन्छ । अर्थात् वयष्कमा ड्रग्सको असर जति देखिन्छ, बालबालिकामा गेमको असर पनि त्यत्तिकै हुन्छ । लामो समयमा गेम खेलेर बिताउने बच्चा एकोहोरो हुँदै जान्छन् । जसको प्रत्यक्ष असर दिमागमा परिरहेको हुन्छ ।

इन्टरनेट गेममा समय निश्चित नहुनुले पनि समस्या निम्त्याइरहेको छ । जसले गर्दा राति अबेरसम्म खेलेर बस्ने, निद्रा नपुग्ने र बिहान ढिला उठ्दा पढाइ प्रभावित हुनेजस्ता समस्या देखा पर्छन् । बिस्तारै उनीहरूको जीवनशैलीमा नै असर पर्दै जान्छ, फलस्वरूप स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् ।

समाधान
लइन्टरनेट गेमिङको असरबारे ज्ञान दिनु नै पहिलो समाधान हो । बालबालिकालाई घरपरिवार तथा विद्यालयमा यसबारे अनिवार्य जानकारी दिन जरुरी हुन्छ ।
लउनीहरूलाई लामो समयसम्म ग्याजेटमा समय बिताउन दिनुहुँदैन । बिस्तारै लत बस्दै गएपछि भनेको नमान्ने, झगडा गर्ने, तोडफोड गर्ने हुन्छन् । तसर्थ, सुरुवाती चरणमै नियन्त्रण गर्नुपर्छ । ललत परिसकेकालाई मनोविद् तथा मनोचिकित्सकको सहयोगबाट उपचार गर्न सकिन्छ ।

नयाँपत्रिकाबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here