नेपाल र सिंगापुरबिचको खेल रद्द

0
277

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट अन्र्तगत नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ ।

थाइल्याण्डमा हुने भनिएको खेल वर्षाले प्रभावित भएपछि खेल नै रद्द भएको हो ।

बिहान सवा ८ बजेदेखि सुरु हुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरियो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् ।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । तालिकाको शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । यो खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि खेल नै स्थगित भएपछि नेपाल तीन अङ्क लिएर घर फर्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here