बालकविता – हामी बिर्सन्नौ

इन्द्रकुमार श्रेष्ठ

कोरोनाको कहरले देउतै भोको छ
तर देउता खाँदैनन् मान्छे रो´को छ ।

शहरमै बसूँ त खान नपाइने
जान खोज्दा आफ्नै घर जान नपाइने
जताततै लक डाउन गाडी बन्द छ
“हिँड्दै भए पनि जा !” यो मन भन्दछ ।

भोक, तिर्खा मेटाउने एउटै धोको छ
जम्मै देउता भाके नि पेटै भोको छ ।

पराई देशमा होइन, आफ्नै माटोमा
अलपत्र परियो आफ्नै बाटोमा
भुइँचालो न भोकमरी पीडा थपियो

अचानोको पिर हो हामी के भनौ

अचानोले बिर्सेला हामी बिर्सन्नौ

कमला कुन्ज – ओखलढुंगा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here