१ किन्नेले राख्दैन, पाउनेले किन्दैन ।
२ चार चुच्चा भए पनि मुख उस्को बुच्चे, पानीसँग पौडि खेल्छे घामसँग सुत्छे ।
३ चरी होइन भनाैं भने उड्छ आकाश माथी, केटाकेटी रमाउँछन् बनि प्यारा साथी ।
४ घ्याप्प्प पाइला,  झ्याप्प कान, दुईतिर पुच्छर लौ के हो जान ।
५ चार चोसामा थुनिएछन् कस्का छोराछोरी ? जता हुन्छु उतै हेर्छन् कस्ता मोरामोरी ।
६ चारपाटे छ ईट्टा होइन्, कुरा गर्छ मान्छे होइन ।
७ चाँदीको ठेकीमा स्याउलाको बिर्काे ।
८ राती गाई खर खान्छ पानी खाए मरिजान्छ ।
९ यता मुख उता कान, उता मुख यता कान, देख्नु सुन्नु केही छैन दुवैतिर भनाभन ।
१० मै काटिन्छु मै मर्छु त किन रुन्छस् ।

उत्तर 

१ उपहार, २ रुमाल धोएर सुकाएको, ३ चँगा उडाएको, ४ हात्ती , ५ तस्विर, ६ रेडियो, ७ मुला, ८ आगो , ९ टेलिफोनमा कुराकानी, १० प्याज काटेको ।