काठमाडाै‌ । भाइबहिनी  बालचित्र कथाकृति ‘हावा फल्ने रुख’ पढ्नु भयाे ?  नेपाली र अँग्रेजी दुबैमा अनुदित यस बालचित्र कथा कृतिमा विगतमा भारतले नेपालमामाथी गरेको नाकाबन्दका घटनालाई लिएर सुक्ष्म तरिकालेजन्तुको कथा मार्फत बालबालिकाले सजिलै बुझ्न सक्ने गरि कथामा प्रस्तुत गरिएका छन् ।

चित्रकथामा रानी बन र छीमेकी बतासे जङ्गलकाका माद्यामबाट रानी वनका जीव जन्तुले भोग्नु परेको पीडा र समस्या उजागर गरेका छन् । बतासे जङ्गलको इशारा अनुसार रानीबनका जीवजन्तुका शाषक नचल्दा बतासे जङ्गलका हृसक शासकले रानी बनमा बहने हावा नै बन्द गरिदिएको घटना कथामा चित्रित छ ।

रानीबनका शाषक र जीवजन्तुमा श्वास फेर्न कठिनाई भएको घटना उजागर गरेका छन् । छिमेकी जङ्गलबाट बहने हावा बन्द गरिदिएपछि रानीबनका शाषक र जीवजन्तु मिलेर रानीबनमै हावा फल्ने रुख रोपेर उनीहरु आत्म निर्भर बनेर ढुक्क साथ जीवन यापन गरेको घटना चित्रकथामा प्रस्तुत गरिएको छ । बालबालिकाको मष्तिस्कमा आत्म निर्भर बन्न सके कसैले हेप्न सक्दैनन् भन्ने ज्ञान बालचित्र कथा हावा फल्ने रुखले दिएको छ । कृतिको चित्र मनि कुमार थिङर अनुवाद रमेश दनेखु ले गरेका हुन् । याे बालकथा कृति स्रष्टा जितेन्द्र रसिकले लेखेका हुन्को । रसिकले बाल साहित्यको क्षेत्रमा ‘एलियनको पृथ्वी भ्रमण’  एङ्ग्री बर्ड, बेलबहादुरसँग बिहे लगायत बालकथा कृति पनि पनि प्रकाशित छन् ।

जितेन्द्र रसिक
jitendrarasic@gmail.com
थप जानकारी