–यशु श्रेष्ठ
कुनै पनि शिशु जन्मने वित्तिकैदेखि उसलाई संस्कार दिएन वा उसले समाज पाएन भने बालबालिका कस्ता होलान् ? यसबारे कसैले एउटा अनुसन्धान गरेका रहेछन् । एउटा बालकलाई जन्मने वितिक्कै चारैतिर सिसाले घेरिएको ठूलो बाकसमा राखेछन् । बाकसमा सास फेर्नका लागि आवश्यक अक्सिजनको मात्रा पु¥याएर एउटा सानो ढोका मात्र राखिएको थियो जहाँबाट एकजना मात्रै मानिस आऊजाऊ गर्न सकिन्थ्यो ।
त्यो ढोका बालकलाई अत्यावश्यक परेका बेला मद्दत गर्न जानका लागि थियो । एक जना मानिस त्यही ढोकाबाट जान्थे । खानपिन र दिसा–पिसाब गराएपछि तुरुन्तै फर्किन्थे । चुइँक्क पनि बोल्दैनथे । सबैतिर चुपचाप र सुनसान थियो । विस्तारै बालक हुर्कंदै गए । अब उनको व्यवहार कस्तो होला भन्ने सबैको चासोको विषय थियो । केही समयपछि बालक चल्न र हिँड्न लागे । यताउता हेर्न लागे । बेला बेलामा बालक त्यही खाना खुवाउन जाने मासिनजस्तै सुटुक्क ढोकाबाट निस्कन्थे । यताउता हेर्थे तर केही बोल्दैनथे । फेरि सुटुक्क बाकसमा छिर्थे । अनि चुइयँ चुइयँ गर्थे । मुख आँ आँ गर्थे, खान्थे । उनको व्यवहार यतिमै सीमित थियो ।
यो चुइयँ चुइयँ चाहिँ के गरेको रहेछ ? अचम्म लाग्यो अनुसन्धानकर्तालाई । उनीहरूले धेरै विचार गरे अनि पत्ता लगाए । खानापिना र दिसापिसाबका लागि जाँदा ढोका खोल्ने र लगाउने व्रmममा ढोका चुइयँ चुइयँ गर्दो रहेछ । बालकले त्यही सुने अनि त्यही मात्रै जाने । ढोका चुइँकिएजस्तो चुइँकिने अनि लुसुक्क आउने जाने । बालकले यही संस्कार सिके र यति नै रहेछ जीवन भन्ने ठाने । त्यसपछि ती बालकलाई समाजमा ल्याइयो, घुलमिल गराइयो अनि बोल्न र खेल्न सिकाइयो ।
हामीले भन्दै, सुन्दै र जान्दै आएको कुरा हो– बालबालिका गिलो माटोजस्तै हुन् । उनीहरूलाई ठूला वा जान्नेले जस्तो आकार दियो, त्यस्तै बन्छन् । ठूला वा जान्ने भनेको अभिभावक नै हुन् ।
अभिभावक भनेको बालबालिकालाई पालनपोषण, हेरविचार र जिम्मेवारी वहन गर्ने आमाबाबु वा संरक्षक हुन् गिलो माटोरुपी बालबालिकालाई आकार प्रदान गर्न, संरक्षण गर्न अभिभावकमा धेरै ज्ञान, सिप, कौशल वा तौरतरिका चाहिन्छ । त्यस्तो तौरतरिका सिक्ने मुख्य स्रोत वा सामग्री बालपुस्तक हुन सक्छन् । त्यसकारण प्रत्येक अभिभावकले कुनै न कुनै बाल पुस्तक अध्ययन गर्नै पर्छ ।
बालबालिकालाई लक्षित गरी, उनीहरुको उमेर, रुचि, अवस्था, व्यवहार र मनोविज्ञानलाई ध्यानमा राख्दै उनीहरूका लागि उपयुक्त हुने गरी लेखिएका पुस्तक नै बाल पुस्तक हुन् । बाल पुस्तकहरू बाल मनोविज्ञानमा आधारित रहेर खेल, भाषा, साहित्य, आनीबानी, व्यवहार, सत्यतथ्य, संस्कार, संस्कृति, चालचलन आदि जस्ता अनेक विषयवस्तुमा लेखिएका हुन्छन् ।
अभिभावकले बालपुस्तक किन पढ्ने ?
अभिभावक प्रायः ठूला वा पाका उमेरका मानिस हुन्छन् । त्यसैले उनीहरूले किन सानाको किताब पढ्ने भन्ने कतिलाई लाग्न सक्छ । तर त्यसो होइन । बालबालिकालाई हुर्काउन पहिले अभिभावक आफैंले बालपुस्तक अध्ययन गर्न आवश्यक हुन्छ । बालपुस्तक पाका मानिसका लागि पनि कति प्रिय र आत्मीय हुन्छन् भन्ने कुरा पढ्न सुरु गरे पछि मात्र थाहा हुन्छ ।
बाल्यकालमा फर्कन ः बालपुस्तकले ठूलालाई पनि एकपटक बाल्यकालको संझना गराइदिन्छ । भौतिक रूपमै नभए पनि बालकालमा फर्कन पाइन्छ । आप्mनो बाल्यकाल झल्झल्ती सम्झन र त्यसैमा रमाउन सकिन्छ । अहो ! म पनि यस्तै गर्थें वा हत्तेरी म पनि त यस्तै थिएँ ! भन्ने महसुस हुन्छ । उमेर ढल्किसकेकाहरू बालपुस्तक मार्फत् आफूलाई बाल्यअवस्थामा पु¥याएर आनन्दित हुन सक्छन् । बालपुस्तक एउटा योग जस्तै सावित हुन सक्छ जसले तनावहरूलाई कम गराउन मद्दत गर्दछ ।
बाल्यकालमा फर्कदैँ गर्दा आपूmलाई चोट पुग्ने वा संझन नचाहेका घटनाहरू फर्किन वा झझल्को आउन थाल्यो भने चाहिँ त्यस्ता पुस्तक छाडेर अरूनै किताब पढ्नु उपयुक्त हुन्छ । साथै कुनै बालपुस्तकले मानसिक रूपमा नकारात्मक असर पार्न सक्छ भन्ने आफूलाई लाग्यो भने त्यस्तो किताब बालबालिकालाई पढ्न दिनु हुन्न । त्यसैले बालबालिकालाई पढ्न दिनु अघि बालपुस्तक अभिभावकले पढनु जरुरी छ ।

असल अभिभावकत्व वहन गर्न ः
हरेक अभिभावका पछाडी भावी पुस्ता हुन्छन्, जसको भविष्य उज्जल होस् भन्ने हामीले चाहिरहेका हुन्छौं । अभिभावकहरूलाई आप्mना सन्तानप्रतिको चिन्ता जहिले पनि रहन्छ । कतिलाई त्यो चिन्ताप्रति चिन्तन, मनन गर्न मन लाग्छ । खोजतलास गर्न मन लाग्छ । कतिलाई मन लाग्दैन । खोजतलास गर्नेले त बालपुस्तक लगायत अनेकन उपाय लगाउँछन् । खोज तलासै गर्न नसक्ने, नजान्ने र चासो नभएकाह«का लागि पनि बालपुस्तक उत्तम उपाय हो ।
असल पुस्तक छनौट गर्न ः किताबहरू ज्ञानका भण्डार हुन् । यिनले हामीलाई ज्ञान र आनन्द दुवै प्रदान गर्छन् । तर त्यसो भन्दैमा सबै पुस्तक सबैका लागि उपयुक्त हुँदैनन् । अझ बालबालिकाका हकमा त उनीहरूका उमेर, रूची, आनीबानी अनुसार फरक फरक पुस्तक दिनु पर्ने हुन्छ । बालपुस्तक भन्दैमा जुन पायो त्यही पुस्तक दिने वा पढ्ने गर्नाले फाइदाभन्दा बेफाइदा बढी हुन पनि सक्छ । यसो भयो भने बालपुस्तकप्रति नै वितृष्णा बढ्न सक्ने संभावनासमेत हुन्छ ।
पहिलो उमेर समूहका बालबालिकाका लागि तेस्रो उमेर समूहको पुस्तक दियो भने पढ्न मुस्किल हुन्छ । उसले पुस्तकलाई जटिल ठानेर पढ्नै अल्छी गर्ने अवस्था आउन सक्छ । आप्mना बालबालिकालाई कस्तो पुस्तक पढ्न दिने ? कुन पुस्तक बालबालिका सुहाउँदो छ ? कस्तो पुस्तक दिंदा बालबालिकामा सकारात्मक परिवर्तन आएको छ, भन्ने थाहा पाउन पहिले अभिभावक नै अध्ययनशील हुनु अनिवार्य छ ।
बालबालिकासँग गरिने व्यवहार सिक्न ः बालबालिकासँग असल व्यवहार गर्न सकिएन भने त्यसले भोलि नकारात्मक रूप लिन सक्छ । बाल्यावस्थादेखि नै सुहाउँदो व्यावहार गर्न सकियो भने मात्र बालबालिका हुर्कदै जाँदा उनीहरूले असल व्यवहार सिक्छन् । बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ेबारे विभिन्न पुस्तक पाइन्छन् । यी पुस्तक अभिभावलाई नै लक्षित गरी लेखिएका हुन्छन् । तर यी पुस्तकहरु मात्र पर्याप्त नहुन सक्छन् । प्रत्येक बालबालिकाका जसरी अनुहार फरक हुन्छन्, त्यसैगरी उनीहरूको शैली, सोच र व्यवहार पनि अलग अलग हुन्छन् । बालपुस्तकमा उनीहरूकै मनोविज्ञान समेटिने भएकाले यसको अध्ययनबाट धेरैभन्दा धेरै बालबालिकालाई बुभ्mने र सम्झने मौका मिल्छ । धेरैभन्दा धेरै बालबालिकाको व्यवहार अध्ययन गरेपछि आप्mना बालबालिकाको व्यवहार कस्तो छ ? उनीहरूलाई कस्तो व्यवहार मन पर्दो रहेछ र कस्तो व्यवहार गर्नु पर्दो रहेछ भन्ने थाहा हुन्छ ।
बालबालिकाको प्यारो हुन ः ‘नाइँ म बाबासँग खाना खान्नँ, आमासँग खान्छु । नाइँ मामाले पढाउनु भए त पढ्दिन, माइजूले पढाउनु भए मात्र पढ्छु । नाइँ, हजुरआमासँग त बजार जान्नँ, हजुरबासँग भए मात्रै जान्छु’
यस्ता कुरा हामीले बेलाबखत सुनेका वा भोगकै हुनपर्छ । बालबालिका कोहीसँग धेरै भ्mयाम्मिन्छन् भने कोहीसँग टाढै बस्न रुचाउँछन् । कोहीसँग त बोल्नै मन पराउँदैनन् । कसैको त कपडा वा जुत्तासमेत मन पराउँदैनन् । यसरी बालबालिकाले आफ्नै अभिभावकलाई मन पराएनन् भने चौपट हुन्छ । बालबालिकाको प्रिय बन्नका लागि हामी उनीहरूलाई कथा सुनाउन सक्छौं । उनीहरुसँग संवाद गर्ने, सँगै बसेर कथा पढ्ने, सुनाउने गर्न अति जरुरी हुन्छ । यसो गर्दा उनीहरू खुशी हुन्छन् । त्यसैले त नातिनातिनाहरू प्रायः हजुरबा, हजुरआमासँग बढी घुलमिल भइरहेको र उनीहरूलाई नै बढी माया गरिरहेका हामी पाउँछौ ।
पठन सीप र संस्कार बसाल्न ः
बालबालिका अभिभावकको सिको गर्छन् । जब अभिभावकले पढिरहेको देख्छन् उनीहरू पनि किताबप्रति आकर्षित हुन्छन् । उनीहरुलाई पुस्तकप्रति मोह बढाउन पनि अभिभावकले पढ्नुपर्छ ।
बालबालिकामा असल संस्कार बसाल्नमा पुस्तक अध्ययनको ठूलो भूमिका हुन्छ । उनीहरूको स्वभावमा अनुकूल परिवर्तन गराउन, शब्दकोश बढाउन र उनीहरूमा रहेको उत्सुकपनलाई तिखार्दै जिज्ञासाहरू शान्त पार्न पनि बालपुस्तक सहायक हुन्छन् । सिकाउने शैली जान्न, संस्कार सिकाउन, आप्mनो काम आफैँ गर्ने बानी बसाल्न, लक्ष्य तय गर्न, असल मार्ग पहिचन गराइदिन, सामाजिक उन्नति जाँच्नका लागि पनि बालपुस्तक जरुरी छ ।
बालबालिकाको उचित स्वास्थ्य, सही पोषण, लवाईखुवाई, मनोरञ्जन, सुनाइ, बोलाइ, पढाइ, लेखाइ आदि सबै कुरा सिक्न सिकाउन बालपुस्तक औषधीसरह हुन् ।
आफू र आफ्ना सन्ततिको ज्ञान बढाउन, समाज चिनाउन, नेतृत्व क्षमता विकास गर्न, वाक्शैली बढाउन, कल्पनाशील र चेतलशील बनाउन बालपुस्तकको ठूलो भूमिका हुन्छ । यी सबैबारे आफैं जानकार नभएसम्म एउटा कुशल अभिभावकको जिम्मेवारी पूरा हुँदैन । तसर्थ असल अभिभावक बन्नका लागि पहिले अभिभावकहरूले नै बालपुस्तकहरू पढ्नु पर्छ ।
पढ्न नसक्ने अभिभावकले के गर्ने त ? के उनीहरू यी माथिका कुराहरूबाट बञ्चित हुन्छन् त ? त्यसो होइन । पढ्नु भनेको पुस्तक मात्र नभएर समाज पढ्नु पनि हो । निरक्षर अभिभावकले पनि सुनेका, जानेको कुराहरू साटासाट गर्न सक्छन् । अरुबाट सुनेर वा आप्mना बालबालिकालाई पुस्तक पढ्न लगाएर त्यसबाट के के जान्यौँ ? के के गर्न वा नगर्न पर्ने रहेछ ? के असल रहेछ, के खराब रहेछ भनेर संवाद गर्न, छलफल गर्न सक्दन् ।
असल पुस्तक पढ्न पाउनु बालबालिकाको अधिकार पनि हो । उनीहरुको अधिकार सुरक्षित गर्न पनि अभिभावकले बालपुस्तक उपलब्ध गराउनु पर्छ । बालपुस्तक उपलब्ध गराउँदा अभिभावक आफैँ पनि यसका बारेमा सचेत हुनु पर्ने भएकाले अभिभावकका लागि बालपुस्तकको आवश्यकता र महत्व धेरै छ ।