
स्प्रिङ हिल स्कुल, बनेपा–४, नालाले प्रि-स्कुल स्नातक समारोह २०८१ भव्य रूपमा सम्पन्न गरेको छ। सो अवसरमा ४५ जना विद्यार्थीहरू दिक्षित भएका छन्। विद्यालयका प्रधानाध्यापक सुन्दर बुढाथोकीले दिक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।
कार्यक्रममा प्रि-स्कुलका विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्ना प्रस्तुति प्रदर्शन गरी अभिभावक, शिक्षक तथा विशेष अतिथिहरूलाई मनोरञ्जन प्रदान गरे।
यस अवसरमा वार्षिक खेलकुद प्रतियोगितामा विभिन्न खेलहरूमा प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पदक प्रदान गरियो।
कार्यक्रमको विशेष आकर्षण भनेको युकेजी कक्षाकी स्कारलेट भुजेललाई “वर्ष २०८१ को उत्कृष्ट प्रि-स्कुल विद्यार्थी” पुरस्कारबाट सम्मान गर्नु थियो।
समारोहको समापनसँगै विद्यार्थी, अभिभावक र शिक्षकहरूमा उत्साह र गौरवको भावना छाएको थियो। विद्यालय प्रशासनले यस सफल कार्यक्रमको लागि सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्यो ।
प्रतिक्रिया दिनुहोस्