आज घर को आयो
हाम्रो कुकुर करायो
यता उता दौडँदै
रमायो है खरायो ।
चिल उडी आएछ
झन्डै चल्ला खाएछ
चिल आएको देखेर
माउ पोथी डरायो ।
साथी जम्मा भएर
चिडियाखाना गएर
हेर्यौँ हामी सबैले
बाघ, हात्ती, जरायो ।
मामा घर गएको
साह्रै खुसी भएको
नयाँ नाना किनेको
भाइले मन परायो ।
हेर तारा चम्केको
जून भेट्न लम्केको
बादल आई छोपेछ
जून तारा नै हरायो ।
•••••
बेलबारी – २, नवदेव मार्ग, लालभित्ती, मोरङ


नवशिला 














प्रतिक्रिया दिनुहोस्