नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा २०८१ साल असोज पहिलाे साता काठमाडौंमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ। सम्मेलन असाेजको  ४, ५ र ६ गते प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजना गर्न लागिएको हो ।

सम्मेलनका लागि प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिकाे सदस्य सचिवमा बालसाहित्य समाजका महासचिव विजयराज आचार्य छन् भने  प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, पुस्तकालयविद् भोला श्रेष्ठ, प्राज्ञ त्रैलोक्यमान बनेपाली, बालसाहित्यकार अनुराधा र अनन्त वाग्ले, साहित्यकार तथा समालोचक महेश पौड्याल तथा प्रज्ञाप्रतिष्ठानका प्रतिनिधि राजकुमार श्रेष्ठ सदस्य छन्।

समितिका सदस्यसचिव आचार्यका अनुसार सम्मेलनमा दक्षिण एसिया तथा अन्य मुलुकका गरी २५ अन्तर्राष्ट्रिय प्रतिनिधि र नेपालका सय प्रतिनिधि सहभागी हुनेछन्।

कार्यक्रममा बालसाहित्यका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ । साथै परिचर्चा, बालपुस्तक प्रदर्शनी, कला प्रदर्शनी, लेखक–बालबालिका साक्षात्कार तथा नाटक मञ्चनसमेत गरिने उनले जनाए ।

नानीबाबुअनलाईन
थप जानकारी