

# महत्त्वपूर्ण कुराहरूलाई अन्डरलाइन वा हाइलाइट गरौं ।
# थोरै पढ्ने तर पढेका कुरालाई दोहोर्याए याद गर्ने कोसिस गरौं ।
# समय तालिका बनाएर पढ्ने बानी बसालौं ।
# सकभर बिहानको समयमा पढौं। यो समयमा दिमाग ताजा रहने र बाताबरणमा अक्सिजनको मात्रा पनि बढी हुने भएकोले पढेको कुरा चाडै याद हुन्छ ।
# सम्झन सजिलो र याद हुने हुनाले कथा बनाएर पढ्न पनि सकिन्छ । यस्ताे अभ्यास गराैं ।
#पाठ्यपुस्तक बाहेकका बाहिरी ज्ञान लिनु पनि आवश्यक छ । यसले ज्ञानको दायरा बढाउनुका साथै पढाइमा जागर पनि चलाउँछ ।
#कुनै पाठ पढ्दा त्यस्को अगाडिको अक्षरबाट सुत्र बनाएर वा आफूलाई मन पर्ने केही चिजहरूकाे नाम दिएर पनि याद गर्न सकिन्छ ।
# साथीहरूसँग बसेर सामुहिक छलफल गर्नाले पनि पढेका कुराहरु सम्झन सहयोग मिल्छ ।
प्रतिक्रिया दिनुहोस्