लेखपढ गर्ने विद्यार्थीलाई
सधैं माया गर्छिन् उनी
उनीबाटै ज्ञान पाई
सफल बन्छ हाम्रो जुनी ।

वीणापुस्तक हातमा लिई
बसेकी छिन् हाँसमाथि,
सरस्वतीको भक्ति गर्दै
पढ्नलेख्न जुटौं साथी ।

ज्ञानकी देवी तिमीलाई
सेतो रङ मनपर्छ,
तिम्रै आशीर्वाद पाई
हाम्रो जीवन अघि बढ्छ ।

मिहिनेत गरी अध्ययन गर्छु
मेरै समीपमा आऊ,
लेखपढ गर्ने बेला सधैं
मेरो मस्तिष्कमा छाऊ ।

– कक्षा–६
अमरसिंह मावि, पोखरा

कान्तिपुर कोपिलाबाट सभार