
प्याब्सन काभ्रेकाे आयाेजना तथा वेदान्त एकेडेमीको प्राविधिक सहयोगमा शुक्रबार काभ्रेमा जिल्लास्तरीय हस्तलेखन प्रतियोगिता आयाेजना गरिएकाे छ । आधारभूत तहमा अध्ययनरत विद्यार्थीका लागि आयोजित उक्त प्रतियोगितामा ४२ विद्यालयका कक्षा २ देखि ७ सम्मका २५२ विद्यार्थी सहभागि थिए । अंग्रेजी र नेपालीमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा कक्षा २ र ३ बाट सहभागी विद्यार्थीमध्ये अंग्रेजीमा ग्रेसल्याण्ड विद्यालयबाट परी पाख्रिन प्रथम, विद्यासागर स्कुलबाट विदिषा झा दोश्रो, बामगती बोर्डिङ्ग स्कुलबाट सुर्वण लामा तेश्रो र सिद्धार्थ बनस्थलीबाट आर्या श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे । नेपालीतर्फ काभ्रे सेकेन्डरी स्कुलबाट सान्वी त्रिपाठी पहिलो, न्यू राईजिङ्ग स्कुलबाट आनन्दी घिमिरे दोश्रो, बागमती स्कुलबाट रोजिना तामाङ तेश्रो र नवप्रतिभा स्कुलबाट असवी पौडेलले सान्त्वना पुरस्कार पाएका छन् ।
कक्षा ४ र ५ बाट अंग्रेजीतर्फ ग्रेसल्याण्ड माविबाट कविरा श्रेष्ठ प्रथम, स्प्रिङ्ग हिलबाट माही अग्रवाल द्वितीय, न्यू राईजिङ स्कुलबाट समिरा तामाङ तृतीय र हाईल्याड स्कुलबाट सिम्रन तामाङले सान्त्वना पुरस्कार प्राप्त गरे । नेपालीमा सिद्धार्थ बनस्थली इन्स्टिच्युटबाट निमी केसी प्रथम, काभ्रे अंग्रेजी सेकेन्डरी स्कुलबाट अर्पणा खत्री दोश्रो, ज्ञानज्योति स्कुल बनेपाबाट एनग्रिन लामा तेश्रो र हिमालयन इन्टरनेशनल स्कुलबाट दिपराना मगरले सान्त्वना पुरस्कार पाए ।
कक्षा ६ र ७ बाट अंग्रेजीमा काभ्रे अंग्रेजी मावि पनौतीबाट स्रवणिमा लामा प्रथम, न्यू राईजिङ्ग स्कुलबाट भरोसा सापकोटा दोश्रो, स्प्रिङ्गहिल स्कुलबाट मानवी गिरी तेश्रो र ज्ञानज्योती अंग्रेजी स्कुलबाट अनिता तामाङले सान्त्वना पुरस्कार पाएका छन् ।
नेपालीमा हिमालय इन्टरनेशनल स्कुलबाट सिप्रोला तामाङ प्रथम, विद्यासागर स्कुलबाट दिपशिखा कुईंकेल दोश्रो, ग्रेसल्याण्ड स्कुलबाट नियोना श्रेष्ठ तेश्रो र काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीबाट उपासना कोईरालाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
पुरस्कृत सबै विद्यार्थीहरुलाई विद्यालयहरुमा सुपठन संस्कृति विकासमा क्रियाशील इटर्नल पब्लिकेसन प्रा लिका तर्फबाट बाल साहित्यका अलग अलग विधाका ३/३वटा पुस्तकहरु प्रदान गरिएको थियो ।
प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सनका पदाधिकारीहरु, वेदान्त एकेडेमीका कार्यकारी निर्देशक दीपक बाँस्कोटा, पालिकागत प्याब्सनका अध्यक्ष एवं पदाधिकारीहरु, प्याब्सनका सदस्य विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरु, विभिन्न विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुकाे सहभागिता थियो । कार्यक्रम बनेपास्थित प्रगति प्रभात एकेडेमी विद्यालयमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्