काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोक, गोठाटारस्थित सेलिब्रेसन को–एड स्कुलमा शनिबार पुरस्कार वितरण तथा अभिभावक दिवस समारोह आयोजना गरिएको छ । प्रारम्भिक कक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र अभिभावकहरूमाझ आयोजित उक्त समारोहमा बालबालिकाहरूले आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

उक्त अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, र्याम्प, योगासन, वाचनकलाजस्ता विभिन्न रचनात्मक क्रियाकलापहरू प्रस्तुत गरेका थिए । उनीहरूका एकल तथा सामूहिक दुबै प्रस्तुतिहरू अब्बल थिए । कार्यक्रममा स्कुलका निर्देशक, प्रधानाध्यापक, अतिथिहरू, को–अर्डिनेटर र शिक्षक–शिक्षिकाहरूको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै डाइरेक्टर महेन्द्र भट्टराईले विभिन्न दृष्टान्तहरू प्रस्तुत गर्दै विद्यार्थीरूमा निहीत अथाह संभावनाहरूको ढोका खोल्नमा अभिभावको सार्वधिक जिम्मेवारी हुने बताउनुभयो । समारोहमा विभिन्न विधाहरूमा उत्कृष्ट नतिजा हासिल गरेका बालबालिकाहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रत्येक विद्यार्थीलाई उत्तिकै हौसला प्राप्त होस् भन्ने हेतुले उनीहरूको क्षमता र दक्षताअनुसार कुनै न कुनै विधामा पुरस्कृत गरिएको थियो ।

सेलिब्रेसन कोएडले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका साथै आध्यात्मिक उन्नयनमा समेत जोड दिँदै आएको छ ।

 

नानीबाबुअनलाईन
थप जानकारी