
वेदान्त एकेडेमीको आयोजना तथा ग्लोबल पाठशालाको सहकार्यमा भक्तपुर अन्तरविद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
फाल्गुन ९ गते ग्लोबल पाठशालाको सभाहलमा भएको उक्त प्रतियोगितामा ३० विद्यालयका १ सय ८० भन्दा बढी विद्यार्थी सहभागी थिए। प्रतियोगितामा काभ्रे, ललितपुर र काठमाडौंस्थित विद्यालयका विद्यार्थी पनि सहभागी थिए।
प्रतियोगितामा नेपाली विधातर्फ कक्षा २–३ बाट ख्वप्रिङ् एकेडेमी पहिलाे, लिशा स्कुल दाेस्रो र बालबिकास स्कुल तेस्रो भए भने जनप्रेमी वर्ल्ड स्कुलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । यही समूहमा अङ्ग्रेजी विधातर्फ विङ्ग्स एकेडेमी पहिलो, नेपाल एरा एकेडेमी दाेस्रो र क्वालिटी स्कुल तेस्राे भएकाे छ भने चाणक्य सेकेन्डरी स्कुलले प्रोत्साहन पुरस्कार पाएको छ ।
त्यस्तै कक्षा ४–५ तर्फ नेपालीमा लिट्टिल गार्डेन स्कुल प्रथम, ख्वप्रिङ् एकेडेमी द्वितीय विङ्गस एकेडेमी तृतीय र बि भी ए स्कुलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । कक्षा ४–५ काे अङ्ग्रेजी हस्तलेखनतर्फ जया स्कुल पहिलो, लिसा स्कुल दाेस्रो र ह्याप्पी क्रायोन स्कुल तेस्रो भए भने काठमाडाैंकाे गाेठाटारस्थित विद्याविकास स्कुलले प्रोत्साहन पुरस्कार पाएको छ ।
प्रतियोगितामा कक्षा ६–७ बाट नेपालीतर्फ लिट्टल गार्डेन स्कुल पहिलो, जनचेतना स्कुल दाेस्रो र ग्लोबल एकेडेमी तेस्रो भए भने जगातीस्थित विद्याविकास स्कुलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । यसै समूहको अङ्ग्रेजी हस्तलेखनतर्फ जयास्कुल पहिलो, नेपाल प्रहरी स्कुल साँगा दाेस्रो र जगातीस्थित विद्याविकास स्कुल तेस्रो भए भने चाणक्य सेकेन्डरी स्कुलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।
वेदान्त एकेडेमीका निर्देशक दीपक बास्कोटाले अध्यक्षतामा आयोजित प्रतियोगितामा प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश सञ्जेल प्रमुख अतिथि हुनुहुन्थ्यो। यसैगरी विशेष अथितिमा प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की, मध्यपुर प्याब्सन अध्यक्ष सुमन बस्नेत, सूर्यविनायक प्याब्सनका अध्यक्ष विनोद काफ्ले रहनुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा प्रतिनिधिको सहभागिता थियो।कार्यक्रमलाई विद्यालयकी प्रधानाध्यापक सविता केसी, प्रमुख अतिथि र विशिष्ट अतिथि लगायतले सम्वोधन गर्नु भएकाे थियो । कार्यक्रम संयोजक गोपाल जिसीले आगामी वर्ष अझै विशेष कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्