बाल साहित्यमा कलम चलाउँदै आउनुभएका सर्जक यमुना पराजुली अधिकारीको बाल उपन्यास ‘कान्छु’ बजारमा आएको छ । यस अघि नै बालकथा संग्रहहरु प्रकाशित गरिसक्नु भएकी पराजुलीको यो बालउपन्यास तर्फ पहिलो पाइला हो ।

यो उपन्यासमा एक जना कमलरी बालिकाको दुख सुख र उसनको सफलताको कथा समेटिएको छ । दृढ इच्छा शक्ति र सकारात्मक सोच भएर अगाडि बढ्न सके कठिन परिस्थितिलाई कसरी पार गरेर उज्यालो तर्फ अगाडी बढ्न सकिन्छ भन्ने मुल सन्देश यो बाल उपन्यासबाट बुझ्न सकिन्छ ।

पुस्तक ईटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो भने बितरण बि‍. एन. पुस्तक संसार (बागबजार काठमाडाै) ले गरेकाे छ ।