तपाईंहरू पनि नेपाली लोकगीत, लोकसंगीत, लोकबाजा, लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोकजीवनका विविध पक्षहरूबारे जान्न उत्सुक हुनुहुन्छ ? हो भने विद्यार्थी भाइबहिनीका लागि एउटा राम्रो अवसर छ ।

नेपाली लोकबाजा संग्रहालयको आयोजनामा नेपालमा सांगितिक पर्यटन प्रवर्धनका लागि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा १३ औं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव आयोजना भइरहेको छ । लोकगीत, लोकसंगीत, लोकबाजा, लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोकजीवनका विविध पक्षहरूको प्रचार प्रसार गर्ने हेतुले आयोजना गरिएको यो महोत्सव सबै विद्यार्थीका लागि रूचिकर हुने अपेक्षा गरिएको छ । नेपाली लोकबाजा संग्रहालयको आयोजनामा मंसीर ८, ९ र १० गते भइरहेको यस महोत्सवमा विभिन्न ७ देशका लोकसंगीत, संस्कृति र जीवनशैलीसँग सम्बन्धित १७ वृत्तचित्रहरू प्रदर्शन गरिनेछ । प्रदर्शनीहरू हरेक दिन बिहान १०ः००–१२ः०० बजे, दिउँसो १२ः१५–०२ः१५ बजे र अपरान्ह २ः३०–०५ः०० बजेसम्म गरी तीनबटा शो हुनेछन् । प्रदर्शनीमा सहभागी हुन इच्छुक सबैका लागि प्रवेश निशुल्क छ ।