hummingbird nanibabu

तपाईंहरूलाई थाहा छ संसारको सानो चरा कुन हाे  ? संसारको सानो चराको नाम बी हमिङ वर्ड हो । यो दक्षिण अमेरिकामा पाइन्छ । हमिङ बर्डका ३ सय ४० प्रजाती छन । हमिङ बर्डको शरिरको लम्बाई ३ देखि ५ इन्च मात्र हुन्छ । हमिङ बर्डमध्येकै पनि सबैभन्दा सानाे प्रजाती बी हमिङ बर्ड हो । यो बी हमिङ बर्डको लम्बाई मात्र २ इन्चको हुन्छ । हमिङ बर्ड दायाँबायाँ, तलमाथि जुन सुकै दिशामा उड्न सक्छ । फुलको रस नै हमिङ बर्डकाे मुख्य खाना हो ।