काखमा बसी सम्झन्छु दशधारा दूध खाएको
निदाओस् भनि कोक्रोमा हल्लाई लोहोरी गाएको
बिरामी हुँदा ती तिम्रा आँखा आँसुले भरेको
छातीमा राखी मुसारी मलाई कति ख्याल गरेको ।

आधा पेट खाई मेलापात गरि दौडेर घर आई
सबैथोक छोडि पहिला खोज्थ्यौ सधै नै मलाई
मिठो नि मलाई राम्रो नि मलाई किन हो त्यसरी ?
सबैथोक आप्mनै सन्तानको लागि बनेको जसरि ।

सम्झन्छु बरु धर्ती यो फाटोस् आकासै त्यो झरोस्
जे भए पनि आमाले कहिल्यै रुन चाहिँ नपरोस्
ममतामयी यी मेरी आमा हाँसेको देख्न पाउँ
आमाको खुसी मेरो नि खुसी त्यस मै छ मेरो नाउँ ।

 

 

सुप्रिया पाण्डे
कक्षा ६
आदर्श योगहरि माध्यमिक विद्यालय, लैनचौर, काठमाडौं ।