मानव जातिको इतिहासलाई कोटाउने हो भने मानिसहरु पहिले प्रकृतीबाट धेरै कुराहरु सिक्ने गर्थे । लेख्ने साधान नभएका कारण मासनसहरु माटोमा, ढुंगामा, काठहरुमा लेख्ने गर्थे ।

बिस्तारै मानिसले बोल्न सिके र करिब चार हाजार वर्ष पहिले प्राचीन इजिप्टका मानिसहरुले लेख्न सकिने साधानको आविष्कार गरे । उनीहरुले प्यापिरस नामक विरुवाको काठलाई काटेर समथर बनाउथे । अनि त्यसलाई सुकाएर त्यसमा लेख्ने काम गर्थे । कागजको आविष्कार भने सन् १०५ मा चीनका साई लुन नाम गरेका व्यक्तिले गरेका थिए । मसीको आविष्कार पनि चीनमा नै भएको विश्वास गरिन्छ ।

कागजको आविष्कार त्यति अगाडि भएपनि किताब भने आठौं शताब्दीतिर मात्र छापियो । चीन र कोरियामा आठौं शताब्दीतिर पहिलो पटक किताब छापिएको थियो । त्यति बेला किताब बताउन कागजमा नभएर भेडा र बाख्राको छाला प्रयोग गरिन्थ्यो । ती जनावरका छालालाई सुकाएर काठको मद्दतले लेख्ने गरिन्थ्यो । त्यसरी लेखिएको छालालाई एकै आकारमा काटी किताब बनाइन्थ्यो ।

कागज र मसीको आविष्कार भएको चीनमा नै पहिलो पटक सन् १०५० मा काठको छापाखाना बनेको थियो । फलामको छापाखाना को आविष्कार चाहिँ कोरियामा भएको थियो । किताबको प्रचलन युरोपसम्म आउन निक्कै समय लागेको थियो । करीब सन् १४५० को दशकमा मात्र प्रथम पटक जर्मनीमा किताब छापिएको थियो ।

आजभोलि प्रचार प्रसारले गर्दा मानिसहरु यूरोपमा पहिलो पटक किताब छापिएको, छापाखाना यूरोपमा नै बनेको कुरा गर्ने गर्छन् । तर इतिहास पल्टाउने हो भने, त्यो गलत हो । छापाखानाको आविष्कार र किताबको छपाइको शुरुवात चीनमा भएको थियो ।